महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (नीड्स नेपाल)ले जलवायु प्रतिरोधी जिविको पार्जन र खाद्य सुरक्षामा पोलीहाउस र खुल्ला जग्गामा तरकारी खेतीको प्रदर्शन कार्य सम्पन्न गरेको छ । कोईकाको आर्थिक सहयोग र निड्स नेपाल, अक्सफामको आयोजनामा संचालित महिला सशक्तिकरण कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिका १९ बागफाटामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका १९ का अध्यक्ष जग्गुराम थारु चौधरी, संस्थाका अध्यक्ष दुर्गा खरेल, उपाध्यक्ष तारादेवी धामी, संस्थाका कृषी अधिकृत हेमन्त महरा, कौशल भण्डारी परियोजनाका सहजकर्ता उषा राना र समुहका महिला सदस्यहरुको उपश्थिती रहेको थियो ।

उक्त क्षेत्रमा बेमौसमी तरकारी खेतीलाई पोलीहाउस र खुल्ला जग्गामा लगाउदा कुनबाट बढी फाईदा हुन्छ भनेर प्रदर्शन गरीएको थियो । अहिले स्थानिय किसान तथा दशरथ महिला सशक्तिकरण समुहको सदस्य रमा र कविता चौधरीको एक कठ्ठा जग्गामा अहिले काक्रा र सिमला मिर्चालाई पोलीहाउस र खुल्ला जग्गामा लगाएर किसानहरुलाई प्रदर्शनी गराइएको छ ।
पोलीहाउसमा लगाएको तरकारी र खुल्ला जग्गामा लगाइएकोमा कसले बढी उत्पादन दिन्छ, कसले कम लगानीमा बढी नाफा दिन्छ भनेर जानकारी दिन र व्यवहारमा पनि लागु गर्नका लागि यो प्रदर्शनीको आयोजना गरीएको परियोजनाका कृषी अधिकृत हेमन्त महराले बताउनु भयो ।
उहाँले पोलीहाउसमा लगाएको र खुल्ला जग्गामा लगाएको तरकारीहरुमा आएको भिन्नता मापन गर्ने र तुलनात्मक रुपमा कस्मा राम्रो उत्पादन भयो भनेर सिकाई गर्न र पछि किसानहरुले आफनो व्यवहामा लागु गर्नका लागी यो प्रदर्शनी गरीएको बताउनु भयो ।
साथै किसानले लगाएको लागत, मिहिनेत कस्मा बढी र कम लाग्यो र उत्पादनको आधारमा कस्ले बढी उत्पादन दियो भनेर पनि तुलना हुने बताउनु भयो ।
अहिले भीमदत्त २ बाट लाली गुँरास महिला सशक्तिमरण केन्द्र, भीमदत्त १८ बाट सिर्जना महिला सशक्तिकरण केन्द्र भीमदत्त १९बाट दशरथ चन्द महिला सशक्तिकरण केन्द्र र भीमदत्त १५ बाट सत्यआदर्श महिला सशक्तिकरण केन्द्र गरी ४ वटा महिला समुहहरुबाट सहभागि गराइएको बताउनु भयो ।
Comments are closed.