अब डडेल्धुरामा कोरोना परीक्षण हुने

अब डडेल्धुरामा कोरोना परीक्षण हुने

डडेल्धुरा, ६ असार
डडेल्धुरामा कोरोना परीक्षण हुने भएको छ । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रक मार्फत डडेल्धुरा ल्याउन लागिएको हो । शुक्रबार काठमाडौंबाट ट्रकमार्फत पठाएको मेसिन सोमबार मात्रजिल्लामापुग्ने डडेल्धुरा अस्पताल विकास समितिकाअध्यक्ष करुणाकर ओझाले जानकारी दिनु भयो ।
फाउन्डेसनले सुदूरपश्चिमतथाविदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलनगरिएको रकमले खरिद गरेको मेसिनलिएर काठमाडौंबाट ट्रक आइरहेको जनाएको छ। ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले पिसीआर मेसिनखरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री लेखराजभट्टले सहजीकरण एवं समन्वय गरेको बताउनु भयो । उक्तपिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने उहाले जानकारी दिनु भयो । अस्पतालले नै मेसिनको जडान तथा सञ्चालनगर्नेछ। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पिसिआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिनु भयो । विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमाल्याउने तयारी भइरहेकाले डडेल्धुरा पुगेको एक हप्ताभित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताउनु भयो । उहाले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताउनु भयो । अस्पतालमा अस्थायी प्रयोगशाला निमार्णको कामअन्तिम चरणमा पुगेका डडेल्धुरा अस्पतालका ल्याबइन्चार्ज इश्वरी भुसालले बताउनु भयो । उहाले प्रयोगशालको कामअन्तिम चरणमा पुगेको बताउनु भयो । मेसिन जडानमा कम्तीमा ७ दिन लाग्ने बताउदै डाक्टर बिष्टले डडेल्धुराका स्थानीय सरकारहरुले पनि सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेका छन्।

सम्बन्धित

Comments are closed.