महेन्द्रनगर । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा प्रकास भट्ट निर्वाचित भएका छन । शनिबार बेलौरीमा सम्पन्न भएको अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृत अशोक पाण्डेयले अध्यक्ष, सचिवमा निर्वाचन र बाँकी पदहरुमा निर्बिरोध पदाधिकारी चयन गरिएको बताए । उनका अनुसार अध्यक्ष पदका उम्मेबार प्रकास भट्टले आफ्ना प्रतिस्पर्धी सुरज श्रेष्ठलाई १० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १७ र श्रेष्ठले ७ मत ल्याएका छन ।
सचिवमा सन्तोष धानुक निर्वाचित भएका छन । धानुकले आफ्ना निकटकतम प्रतिस्पर्धी केशव भट्टलाई ७मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । धानुकले १७ र भट्टले ७मत ल्याएका थिए । उपाध्यक्ष लाल बहादुर सार्की,सहसचिव दिनेश चौधरी,कोषाध्यक्ष सरिता चौधरी, सदस्य केशव भट्टराई,पवन जोशी,महेन्द्र सिह भाट,रुपेश विक निर्बिरोध निर्वाचित भएका छन ।
निर्वाचन अधिकृत पाण्डेयले कुल २७मतदाता मध्ये २४मत खसेको बताए । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका युवा पत्रकार प्रकास भट्टले जिल्लाका अनलाईन पत्रकारको हकअधिकारका लागि कामकाज गर्ने गराउने बताए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट, बेलौरी नगरका मेयर पोतिलाल चौधरी, उपमेयर जोगराज चौधरी, बेलौरी ४का वडाध्यक्ष अर्जुन ढकालले अनलाईन पत्रकारहरुले निष्पक्ष, स्वतन्त्र, राजनैतिक बिना पूर्वाग्रही तथ्यका आधारमा विषयबस्तु प्रकासित गर्नुपर्ने बताए ।
Comments are closed.