सुदूरपश्चिममा आईतवार ७६ जनामा कोरोना पुष्टि
महेन्द्रनगर, ७ असार
सुदूरपश्चिममा आईतवार ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । आईतवार थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिनु भयो । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना, बाजुरा, डडेल्धुरा र बैतडीका दुईरदुई जना रहेका छन् । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ ।
शुक्लाफाँटा खबर
5045 posts
सम्बन्धित