मंगलवार कस्तो रहला कञ्चनपुरको मौसम ?

महेन्द्रनगर । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

कञ्चनपुरमा विहानैदेखी बाक्लो हुस्सु लागेको छ । आज दिउँसो कञ्चनपुरमा घाम लाग्ने सम्भावना न्युन रहेको महाशाखाले जनाएको छ । देशभर मौसम मुख्यतया सफा रहने छ ।

आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित

Comments are closed.