महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट अध्यक्षमा दिनेश मल्ल सर्वसम्मत निर्वाचित भएका छ्न । कञ्चनपुर उद्योग वाणिज्य संघको स्थापना कालका बखत बाहेक मल्ल इतिहासमै सर्वसम्मत अध्यक्ष चुनिने व्यक्ति बनेका छ्न । अध्यक्षमा निर्वाचित मल्लले सर्वसम्मत हुँदै कञ्चनपुर उद्योग वाणिज्य संघमा आज सम्म चुनाव लड्नु नपरेको इतिहास रचेका छ्न ।
उनि संघको सदस्य देखि अध्यक्ष सम्म सर्वसम्मत चुनिने पहिलो व्यक्ति बनेका छ्न । संघको दुई पटक सदस्य र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष सर्वसम्मत बनेका मल्ल १८ औं अधिवेशनबाट अध्यक्ष पदमा समेत सर्वस्विकार्य नेतृत्व बनेका हुन । उनि संघको १४ औं र १५ औं अधिवेशन मा सर्वसम्मत सदस्य चयन भएका थिए ।
त्यस्तै १६ औं अधिवेशनमा सहभागिता नजनाएका मल्ल १७ औं मा वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । १७ औं अधिवेशनमा मल्ल सर्वसम्मत निर्वाचित भएको पद बाहेकमा निर्वाचन भएको थियो ।कंचनपुर उद्योग वाणिज्य संघको इतिहासमै सदस्य देखि अध्यक्ष पदसम्म सर्वसम्मत निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन मल्ल ।
सुदूरपश्चिममै निश्कलंक एवं निष्ठावान उद्यमी व्यापारीको छवि बनाएका मल्ल २३ वर्षदेखि उद्योग व्यवसायमा अनवरत छ्न ।न्यू पुजा ट्रेडर्स, भागेश्वर निर्माण सेवा लगायतका औद्योगिक व्यापारिक संस्था संचालन गर्दै आएका अध्यक्ष मल्ल जनस्तरमा स्वच्छ, इमानदार छविका उद्यमी हुन ।
कंचनपुर उद्योग वाणिज्य संघ कंचनपुरको १८ औं अधिवेशनमा कोषाध्यक्षबाहेक सम्पूर्ण पदाधिकारी सर्वसम्मत चुनिएका छ्न । अध्यक्ष मल्लको प्रयासले अधिकांस पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन ।वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट, सचिवमा नरेन्द्र प्रसाद जोशी (एनपी) सर्वसम्मत निर्वाचित भएका छ्न ।
कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ मनोज भट्ट (मिन), प्रदीप पाल र सिद्ध राज भट्टले कोषाध्यक्षमा उम्मेदवारी दिएका छ्न ।उम्मेदवार मनोनयनको समय समाप्त भइसकेपछि आइतबारसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ । आइतबार सम्म कोषाध्यक्ष पदमा समेत सर्वसम्मतको टुंगो लाग्ने विश्वास गरिएको छ ।
त्यस्तै संघको सदस्यमा ७ जना आवश्यक रहेकोमा १४ ले उम्मेदवारी दिएका छ्न । उम्मेदवारी फिर्ताको समय अझै रहेकोले सदस्य पदमा समेत सर्वसम्मतको प्रयास गरिने भएको छ ।
सम्भतः कंचनपुर उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट सदस्यदेखि पदाधिकारी–अध्यक्ष सम्म सर्वसम्मत चयन हुने देखिएको छ ।
Comments are closed.