महेन्द्रनगर । मानव बेचबिखन रोकथामका क्षेत्रमा कार्यरत माईती नेपाल कञ्चनपुरले भारतमा बेचिएका महिला तथा बालबालिकाहरुको उद्दार गरेको छ । माईती नेपाल कञ्चनपुरको आयोजनामा पत्रकारहरु संगको भेटघाट कार्यक्रममा माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला तीन बर्षको अवधिमा ४९ जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको बताउनु भयो ।

माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार सन २०२३ मा २५, २०२४ मा १४ र २०२५ मा १० जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको छ । ०२३ मा भारतको पुना ६, मुम्बई÷हिमाञ्चल ४÷४, साग्ली÷दिल्ली ३÷३, पञ्जाव÷पिथौरागढ २÷२ र गुजरातबाट १, ०२४ मा खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थापन, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट १४ र ०२५मा बिहार,

चण्डिगत, चमौली, हरियाण, मुम्बै, हैदराबादबाट १÷१, दिल्ली, जागियावादबाट २÷२ गरेर १० जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको जनाएको छ । मानव तस्कर समुहले रोजगारी दिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बेच्न लागेका बेचबिखनको जोखिममा परेका महिला एव बालबालिकाहरुको उद्दार गरेर पुर्नस्थापना एव घर परिवारमा बुझाएको माईती नेपालले जनाएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले समाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका महिलालाई बेचबिखन गरेपछि माईती नेपालले उद्दार गरेको बताईन ।‘भारतबाट उद्दार गरिएका महिला तथा बालबालिका कञ्चनपुर सहिता सुदूरपश्चिम र अन्य प्रदेशकै नेपाली हुन, ‘उनले भनिन, ‘बेचबिखनको शिकारमा पनि सुदूरपश्चिमकै बढी महिला देखिएन ।’
माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले आफन्तबाटै रोजगारी दिने बहानामा बेचबिखन गर्दैै आएको बताईन । बेचिएका महिला, बालिकालाई परिवारमा पुर्नमिलन गराईएको छ । माईती नेपाल कञ्चनपुरले गड्डाचौकी, दोधाराचाँदनी, चारलेन महाकाली पुल सहितका नाकाहरुमा बेचबिखन बिरुद्धमा समेतना गराउँदै आएको छ । १५ बर्षदेखि ४५बर्ष उमेर समुहका मानिस बेचबिखनको शिकार भईरहेका छन ।
एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले सीमा क्षेत्रमै २सय ९ जनालाई रोकथाम गरेको छ । माईती नेपालकी जिल्ला संयोजक भट्टले गड्डाचौकीबाट ८९, चारलेन महाकाली पुल क्षेत्रबाट ३१, झोलुङ्गेपुल क्र्षेत्रबाट २९ र महेन्द्रनगर बसपार्क सहितका अन्य क्षेत्रबाट ६४जनाको उद्दार गरिएको छ ।
गत बर्षमा उद्दार गरिएका मध्ये ८१ क्षेत्री, ६९ दलित, ४० जनजाती र १९ब्रम्महण समुदायबाट रहेका छन ।
Comments are closed.