महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा साँस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । शुक्लाफाँटा नगरपालिका ७ सिमलफाटामा पहिलोपटक कृष्णलाल सांस्कृतिक महोत्सवको आयोजना हुने भएको हो।
शुक्लाफाँटा क्षेत्रमा पहिलोपटक पशुपति सेवा समिति को आयोजनामा पौष १८ गते बाट शुक्लाफाँटा ७ सिमलफाटामा रहेको पशुपतिनाथ मन्दिरको प्राङ्गणमा कृष्णला सांस्कृतिक महोत्सव हुने भएको हो।
पौष १८ गते बिहान १० बजे दिव्य कलश यात्राका साथ यो कार्यक्रम सुरु हुने भएको छ । कार्यक्रममा कृष्णका विभिन्न झाँकीहरू प्रदर्शन गराइने र भक्तजनहरुलाई भक्ति संगीतबाट आनन्द दिलाइने कार्यक्रम आयोजक पशुपतिनाथ सेवा समितिले बताउनुभएको छ।
कार्यक्रममा सुदुरका चर्चित देउडा गायक पूर्णिमा ठगुन्नाको पनि बिजोड प्रस्तुति रहने र यो कार्यक्रम पौष १८ गते बिहान १० बजेदेखि उद्घाटन भएर पौष २७ गतेसम्म चल्ने आयोजक समितिले जानकारी दिएको छ ।
Comments are closed.