कञ्चनपुरमा बाघको आक्रमणबाट जनाको मृत्यु 

महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–६ को सीमा क्षेत्र आजाद नगर नजिकैको जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

स्थानीयका अनुसार पुनर्वास नगरपालिका–६ बस्ने अन्दाजी सत्तरी वर्षीय सुना निरौलाको बाघको आक्रमण बाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।निरौला घरबाट घाँस दाउरा लिन भनी भारतको जंगलतर्फ जानु भएको थियो ।

स्थानीय तथा आफन्तले साँझसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरेको थियो।

खोजीका क्रममा आईतबार बिहान करिब साढे नौ बजे जंगल क्षेत्रमा बाघको आक्रमणबाट उहाँको मृत्यु भएको अवस्थामा शव फेला परेको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.