महेन्द्रनगरमा ‘घुसुडी महोत्सव’ हुने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, संस्कृति र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ कञ्चनपुरको महेन्द्रनगरमा महोत्सव आयोजना हुने भएको छ । भीमदत्त नगरपालिका–४ स्थित खुल्ला मञ्चमा पौष २४ गतेदेखि माघ ५ गतेसम्म ‘सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव घुसुडी महोत्स०’ सञ्चालन हुन लागेको हो ।

‘सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको पहिचान, समृद्ध र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव १२ दिनसम्म चल्नेछ ।

यस महोत्सवले विशेष गरी स्थानीय उत्पादन, आधुनिक कृषि प्रणाली, परम्परागत संस्कृति, धर्म, इतिहास र पर्यटकीय क्षेत्रको व्यापक प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

यस क्षेत्रको पर्यटकीय सम्भावनालाई जनस्तरसम्म पु¥याउन र यहाँको सांस्कृतिक धरोहरको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसार गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

महोत्सवलाई सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न गर्नका लागि आयोजकले तयारीलाई तीव्र पारेको छ । कार्यक्रमलाई सफल बनाउन बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रको आर्थिक, भौतिक र नैतिक सहयोगको अत्यन्त महत्त्व रहने हुनाले आयोजकले सबै पक्षसँग सक्रिय साथ र सहयोगको अपेक्षा गरेको छ ।

भीमदत्त नगरपालिकाको खुल्ला मञ्चमा आयोजना हुने १२ दिने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सुदूरपश्चिमको गौरव र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Comments are closed.