महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ मा रहेको ज्ञान बाटिका माध्यमिक विद्यालयले फुड फेस्टिबल तथा विज्ञान प्रदर्शनी मेलाको आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा सोमबार फुड फेस्टिभल तथा विज्ञान प्रदर्शनीको आयोजना गरीएको हो ।

विद्यार्थीले बनाएका विभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो भने बिद्यार्थीले निर्माण गरेका विभिन्न हातले बनाएका सामग्रीहरु, पनि विज्ञान प्रदर्शनीमा राखिएका थिए । कक्षागत पढाईसगैं ब्यवहारिक ज्ञानमा जोड दिँदै विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको गरेको प्रिन्सिपल महेन्द्र मल्ल ठकुरीले जानकारी दिनुभयो ।

विद्यालयले हरेक गतवर्षदेखी विद्यार्थी अन्र्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको उहाँको भनाई छ । फुड फेस्टिभलबाट विद्यार्थीले कुन परिकार कसरी पकाईन्छ, त्यसमा प्रयोग हुने सामाग्री लगायतका ब्यवहारिक ज्ञान समेत पाएको उहाँले बताउनु भयो ।

‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुले बढी ध्यान दिन्छन् ।’ विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको प्रिन्सीपल मल्लले बताउनु भयो । अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उहाँको भनाई छ ।

यसैगरी कक्षा १० मा अध्ययनरत प्राश्ना बोहराले यस्ता अतिरिक्त क्रियाकपलाले विद्यार्थीहरुले सिप सिक्ने, सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्न सहजता हुने उहाँले बताउनु भयो । साथै विधार्थीहरुले यी सिप र ज्ञानलाई आफनो व्यवहारमा लागु गरी आम्दानी गर्ने र जिवनयापनमा पनि सहजताच हुने बताउनु भयो ।
यसैगरी, कक्षा ९ की छात्रा सिम्रन कठायतले यो कार्यक्रम आयोजना गरेको प्रती विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । यो कार्यक्रमले कितावी ज्ञान मात्रै नभएर सैद्धान्तीक र व्यवहारीक ज्ञान पनि दिने भएकाले यो कार्यक्रम राम्रो लागेको बताउनु भयो ।
कक्षा १० मा अध्ययनरत रोजी भट्टले आफुले पनि खानेकुराको स्टल राखेको र यसबाट कसरी सामानहरु विक्री गर्ने कसरी नाफा कमाउने कसरी व्यापार गर्ने भन्ने जानकारी ज्ञान पाएको बताउनु भयो ।
यसैगरी अभिभावक लक्ष्मी शर्मा पन्तले विद्यायलले आयोजना गरेको यो कार्यक्रमले बालबालिकाहरुले केही सिप केही ज्ञानको आर्जन गर्ने बताउनु भयो ।
यसले उनिहरुलाई मनोरञ्जनात्म्क मात्रै नभएर ज्ञानवद्र्धक पनि हुने भएकाले यस्ता खाले अन्य कार्यक्रमहरु प्नि विद्यालयले आयोजना गर्नुपर्ने बताउनु भयो ।
साथै फुड फेस्टिभलले ब्यवसायी वा स्वरोजगार बन्न प्रेरित गरेको बताउनुभयो सो फेस्टिबलमा पकाईएको सामाग्री तथा खानेकुरा विद्यार्थी स्टलमार्फत विक्री समेत गरेका थिए ।
Comments are closed.