वेदकोट नगरपालिकामा पहिलो पटक नगर स्तरीय महिला उद्यमीहरुको सम्मेलन

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा पहिलो पटक नगर स्तरीय महिला उद्यमीहरुको सम्मेलनको आयोजना गरीएको छ । वेदकोट नगरपालिका र रािष्ट्रय वातावरण तथा सम विकास समाज नेपाल ( निड्स नेपाल) को  दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरणको संयुक्त आयोजनामा उक्त सम्मेलनको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका उपपमुख तुलसी जोशी रहनु भएको थियो भने, प्रमुख अतिथीमा नगर प्रमुख भोजराज बोहरा, विशिष्टि अतिथीमा प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्ट, संस्थाका उपाध्यक्ष ताराथापा धामी रहनु भएको थियो ।

साथै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, उद्यमी महिलाहरु पत्रकारहरुको उपश्थिती रहेको थियो । वेदकोट नगरपालिकाको महिला शाखा, कृषी शाखा, भेटेरीनरी शाखालगायतका महिला समुहहरु र संस्थाले गठन गरेका महिलाहरुको कृषीक्षेत्र, पशुपालन, सिप मुलक हातले बनाएका सामग्रीहरु, को विधामा उत्कृष्ट हुने महिलालाई नगद सहित सम्मान गरीएको छ ।

केही मिहिलाहरुलो आफु बनाएका उत्पादन गरेका सामगीहरु प््रदर्शनीमा पनि राखेका थिए । सम्मेलनमा स्थानीय उत्पादन प्रवद्र्धन, व्यवसायिक चुनौती, अवसर र समाधानका विषयमा छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे नगरप्रमुख बोहराले महिलाहरू आत्मनिर्भर बन्न उद्यमशीलता महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीय सरकारबाट सीप विकास, तालिम, सहुलियत ऋण तथा बजार पहुँचमा सहयोग आवश्यक रहेको बताउनु भयो ।

साथै उहाँले उत्पादन गरेका समाग्रीहरुलाई पालिकाले बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । साथै, महिलाहरूले सुरु गरेका साना तथा घरेलु उद्योगलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन पालिका र संस्थाले दिएका विभिन्न तालिमलाइ आफनो व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो ।

सबै महिलाहरुले आफै उद्यम व्यवसाय संचालन गरेर अहिले आफनो परिवारलाई आर्थिक रुपले पनि सहयोग गरीरहेको आफुले देखेको बताउनु भयो । यसैगरी, उपप्रमुख जोशीले महिलाहरुलाई यो कार्यक्रमले थप हौसला दिने र आगमी दिनमा अझै व्यावसायिक रुपमा काम गर्न प्रेरित गर्ने बताउनु भयो ।

सबै दिदिबहिनीहरुलाइ यो सम्मेलनमा देख्दा आफु निकै हर्षित भएको बताउनु भयो । काम गर्ने व्यवसाय गर्ने उद्यमी महिलाको पक्षमासहयोग गर्न पालिका सदैव साथमा रहने बताउनु भयो । साथै पालिकाले विभिन्न तालिमहरु दिएर उद्यमी बनाउने उदेश्यका साथमा काम गरेपनि पाएको प्रमाणपत्र थन्काएर राख्ने काम नगर्ने महिलाहरु पनि रहेको भएर यहाँहरुले काम नगर्ने महिलाहरुका लागी उत्प्रेरणा पदने काम गरेको बताउनु भयो ।

साथै आफुले उत्पादन गरेका सामग्रीको पनि प्रदर्शनी गरेको देख्दा खुसी लागेको बताउनु भयो । निड्स नेपालको  दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरणका संयोजक हेमन्त शाहीले आथिृक वर्षभरी गरेका कामको सामाजिक लेखा परिक्षण र उद्यमी महिलाहरुको सम्मेलनको आयोजना गरीएको बताउनु भयो । उत्कृष्ट उद्यमी महिलालाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरीएको  उहाँले बताउनु भयो ।

उनिहरुले उत्पादन गरेका समाग्रीहरु र अन्यका आधारमा उद्यमीहरुको मुल्याङकन गरेर प्रथम हुने उद्यमी महिला अचारमा वेदकोट नगरपालिका ६ की हिरा जैसी, कृषीमा वेदकोट ६ की फुलकुमारी राना पसुपंक्षीमा वेदकोट ४ की सम्झना शाह, र सिलाईकटाईमा वेदकोट ४ की कमला लुहार प्रथम भएका छन ।

सम्मेलनमा सहभागी महिला उद्यमीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई हौसला मिलेको भन्दै भविष्यमा व्यवसाय विस्तार गर्न थप प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका छन्। नगरपालिकाले आगामी दिनमा महिला उद्यमीहरूलाई लक्षित गर्दै थप तालिम, सहजीकरण तथा उद्यम प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित

Comments are closed.