सुदूरपश्चिममा असार पहिलो हप्तामा मात्रै ७७ प्रतिशत कोरोना सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म सुदूरपश्चिममा ११ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये असार पहिलो हप्तामामा मात्रै ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशाला र काठमाण्डौ प्रयोगशालामा असार महिनामा अहिलेसम्म २ हजार एक सय १५ वटा नमुनामध्ये ८९७ जनाको नमुना पोजेटिभ आएका छन् ।
जेठ ३२ गतेसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङख्या दुई सय ६४ थियो । त्यो अवधिमा धनगढी प्रयोगशालामार्फत ६ हजार ५ सय २२ र काठमाण्डौ लगायतका प्रयोगशालामार्फत दुई हजार तीन सय १६ जना गरी ८ हजार ८ सय ९० जनाको कोरोना परीक्षण भएको थियो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असारको ८ दिनमा धनगढी प्रयोगशालामार्फत एक हजार चार सय ९६ जना र काठमाण्डौ प्रयोगशालामा पाँच सय ७५ जना गरी थप दुई हजार एक सय १५ जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेशभरी अहिलेसम्म ११ हजार पाँच जनाको कोरोना परीक्षण भएकोमा सङ्क्रमितको सङख्या एक हजार एक सय ६१ पुगेको छ । अहिलेसम्म कोरोनाबाट पाँच जनाको ज्यान गएको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।
असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरामा २ सय ५, बैतडीमा १ सय ५६, डोटीमा १ सय ६१, कञ्चनपुरमा १ सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा असार महिनाको ८ दिनमा २ हजार एक सय १५ वटा नमुनामध्ये ८९७ जना नमुना पोजेटिभ आएका छन् । यो कुल परीक्षण गरिएका नमुनाको ४३ प्रतिशत हो ।
जेठ ३२ गतेसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङख्या दुई सय ६४ थियो । त्यो अवधिमा धनगढी प्रयोगशालामार्फत ६ हजार पाँच सय २२ र काठमाण्डौ लगायतका प्रयोगशालामार्फत दुई हजार तीन सय १६ जना गरी ८ हजार ८ सय ९० जनाको कोरोना परीक्षण भएको थियो ।
सुदूरपश्चिमका ९ जिल्लाबाट संकलन गरीएका ६ हजार ६ सय बढिको नतिजा आउन भने बाँकी रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार काठमाण्डौमा पठाइएको स्वाबमध्ये पाँच हजार नौ सय तीन जनाको रिपोर्ट आउन बाँकी छ भने धनगढी प्रयोगशालामा पठाइएका सात सय तीन जनाको रिपोर्ट आउन बाँकी छ ।
Comments are closed.