अमिटी कलेजमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न ‘अमिटी च्याम्पियन सप्ताह २.०’ को आयोजना

महेन्द्रनगर । अमिटी कलेजमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै ‘अमिटी च्याम्पियन सप्ताह २.०’ को आयोजना गरीएको छ । मंगलवार एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त सप्ताहको उदघाटन गरीएको छ । एक सातासम्म सञ्चालन हुने उक्त सप्ताहमा शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरूको आयोजना गरिने भएको छ ।

एक हप्ता सम्म चल्ने उक्त अमिटि च्याम्पियन सप्ताहमा भलिबल, क्रिकेट, बास्केट बल, टेबल टेनिस, चेस, क्यारम बोर्ड, ब्याटमिन्टनलगायता खेलहरुको आयोजना हुने भएको छ । साथै अमिटी कलेजले ६ जना विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई सम्मान पनि गरेको छ ।

सम्मानित हुनेमा १९ वर्षमुनीका राष्टिय खेलाडी, तथा एसियन क्वालिफायरका खेलाडी र सुदूरपश्चिम रोयल्सका खेलाडी मिलन बोहरा, अमिटी कलेजका पूर्व विद्यार्थी, तथा क्रिकेटका राष्टिय खेलाडी आक्रोश पाल,अमिटि कलेजका पूर्व विद्यार्थी टिटि खेलका राष्टिय खेलाडी आयुश विक्रम जैरु, अमिटी कलेजका पूर्व विद्यार्थी ब्याटमिन्टनका राष्टिय खेलाडी निलिमा महरा, र महाकाली मोडर्न स्कुलका राष्टिय तेक्वान्दो खेलाडीहरु मनोज पार्की, भुमिका पाल, र ललिता धामीलाई सम्मान गरीएको थियो ।

प्रतियोगितामार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उदेश्यले यो सप्ताहको आयोजना गरएिको कलेजका प्रिन्सिपल रविन्द्र अवस्थीले जानकारी दिनु भयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढाइसँगै व्यवहारिक सीप र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने, कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने पनि उहाँले बताउनु भयो ।

अमिटी कलेजले आगामी दिनहरूमा पनि विद्यार्थीमैत्री तथा प्रतिभा अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई रहेको छ ।

अवस्थीले ‘अमिटी च्याम्पियन सप्ताह’ ले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने, कक्षाकोठाको पढाइसँगै यस्ता सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र आत्मविश्वास विकास गर्न सहयोग पु¥याउँने बताउनु भयो ।

कलेजका अध्यक्ष कलेजका अध्यक्ष गोकुल देव भट्टले अमिटी कलेजले विगतका दिनदेखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी यस्ता सिर्जनात्मक र प्रतिस्पर्धात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आईरहेको बताउनु भयो ।

उनिहरुको सिप कला, क्षमता र खेलकुद प्रतीको उनिहरुको चासोले भविष्यमा यसैलाई आफनो लक्ष्य बनाएर देश र आफनो क्षेत्रको नाम राख्न सक्ने भएकाले विद्यालयले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.