सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १९ औँ वार्षिकोत्सव भव्यताको साथ सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले आफनो स्थापनाको १९ औ वर्ष पुरा गरी २०औ वर्षको वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । भीमदत्त नगरपालिका ४ मा रहेको महाकाली अञ्चल बाल अनाथालायमा फलफुल, तरकारी, र ठुलो ग्यास चुलो सहयोग गरेर आफनो १९ औँ वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रमको अध्यक्षमा रेडियोका अध्यक्ष यज्ञराज चटौतको सभाध्यक्षता र प्रमुख अतिथीमा अनाथालयका अध्यक्ष दयाकृष्ण जोशी रहनु भएको थयो यसैगरी, रेडियोका सहअध्यक्ष विष्णु अवस्थी, स्थानिय विकास मञ्चका सचिव बलबहादुर डगौरा, स्टेसन मयानेजर जयदेव जोशी, सहसचिव विनोद विक्रम जैरु, संस्थापक सदस्य शर्मिला जैरु, सुरेन्द्र पाल्पाली, कर्मचारी गिता उप्रेती, समाचार प्रमुख सुजित सिनालको उपश्थिती रहेको थियो ।

उक्त कार्यक्रमलायृ सम्बोधन गर्दै अध्यक्ष चटौतले कञ्चनपुरको पहिलो सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले सञ्चारको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल भएको र देशमा विभिन्न चरणमा आमुल परिवर्तनमा पनि यसको भुमिका सम्मानजनक रहेको बताउनु भयो ।

देशमा लोकतान्त्रीक गणतन्त्र स्थापनमा पनी आम जनतालाई सुचना समाचारको माध्यमबाट सुसज्जित गरी सुचनाको हक प्रदान गरेको र उनिहरुलाई सही सुचना प्रदान गरेर सबैको संचारमा अधिकार दिएको बताउनु भयो ।

अहिले संचारको क्षेत्रलाई राज्यले धेरै सहयोग गर्न नसकेको अवस्थामा पनि संचार क्षेत्रहरुले आफैले आर्थिक जोहो गरेर संचालनमा ल्याउनु पर्ने बाध्यता रहेको बताउनु भयो । यस शुक्लाफाँटा एफएमले विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेर आम जनतालाई समाचार विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट सुचना मार्फत जानकारी दिनमा अहम भुमिका रहेको बताउनु भयो ।

आम जनता माझ अत्यन्तै लोकप्रिय सञ्चार माध्यम बनेको शुक्लाफाँटा एफएमले विकासका विषयमा सरकारलाई गर्ने खबरदारीमा सदैव अग्रणी भुमिकामा रहेका बताउनु भयो ।

साथै, उहाँले यो स्थान सम्म पुय्राउन सहयोग गर्नु हुने सम्पुर्ण राजनैतिक दलका प्रतिनिधिहरु, विभीन्न सरकारी कार्यालयका प्रमुखहरु, गैर सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरु, पत्रकार महासंघ तथा विभिन्न मिडियामा आबद्ध सहकर्मी पत्रकार मित्रहरु, शुक्लाफांटा एफ.एम.लाई विज्ञापन तथा कार्यक्रमहरु उपलब्ध गराइ सहयोग गर्नुहुने विज्ञापनदाता

तथा कार्यक्रमदाताहरु, शुक्लाफांटा एफएमको कार्यसमितिका सदस्यहरु, प्रबद्र्धक ज्युहरु तथा एफएमका सल्लाहकारहरु, शुक्लाफांटा एफ.एम.को दैनिक कार्यमा क्रियाशील सहकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

साथै आगामी दिनमा पनि सबेको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो । यसैगरी, सहअध्यक्ष अवस्थीले स्थापनाकालदेखि नै रेडियो शुक्लाफाँटा एफ.एम.ले समुदायको आवाज, समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै सत्य, सन्तुलित र जनमुखी सूचना प्रवाह गर्दै आएको बताउन्ु भयो । शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, महिला, बालबालिका, युवा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हाम्रो रेडियोले निर्वाह गरेको भूमिकाले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको बताउनु भयो ।

आजको तीव्र प्रविधिक विकास र सूचना प्रवाहको चुनौतीपूर्ण समयबीच पनि सामुदायिक मूल्य, स्थानीय पहिचान र जनसरोकारका विषयमा दृढ रहँदै अगाडि बढ्नु हाम्रो मुख्य उद्देश्य रहेको बताउनु भयो । अनाथालयका अध्यक्ष जोशीले यो आफुले पनि रेडियो शुक्लाफाँटा सुन्दै आएको र अहिले भिडियो मार्फत पनि समाचारहरु हेरीरहेको बताउनु भयो ।

साथै अहिले आफना आमाबुवाहरु गुमाएका अनाथ बालबालिकाहरुलाई माया गरेर गरेको सहयोग प्रती हार्दिक आभार प्रकट गर्नुभयो ।

सम्बन्धित

Comments are closed.