महेन्द्रनगर । कञ्चनपुर जिल्लाको राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) भीमदत्त नगर समितिले वेदकोट नगरपालिकामा रहेको वृद्धा आश्रमलाई कुर्ची र ओढने कम्बलहरु सहयोग गरेको छ । मंगलवार आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई यो चिसोमा ओढनका लागी सहज होस र आउने पाहुनाहरुलाइ बस्न सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष भीमदत्त नगर समितिका अध्यक्ष दिजराज भट्टले समाजका ज्येष्ठ नागरिकहरूको सेवा, सम्मान र संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै, यस्ता सामाजिक कार्यले मानवीय मूल्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने बताउनु भयो ।
यस्तै, एन प्यावसनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामसिंह मौनीले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर संस्थाले सहयोग गरेको बताउनु भयो ।
कुर्ची सहयोग प्राप्त भएपछि वृद्धा आश्रम संचालक विरेन्द्र विष्टले एन–प्याब्सन कञ्चनपुरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जनाएका छन् ।
उक्त कार्यक्रममा नगर उपाध्यक्ष देवसिंह ऐडी, नगर सचिव तर्कराज भट्ट, कोषाध्यक्ष राजेन्द्र सावद, सदस्यहरु राजेन्द्र पन्त र विरेन्द्र विष्टको उपश्थिती रहेको थियो ।
Comments are closed.