महेन्द्रनगर । कञ्चनपुरमा चिसो बढेसंगै बाक्लो हुस्सु, कुहिरो लागेर जनजिवन प्रभावित भईरहेको छ । यो बेलामा देनिक रुपमा काम गरेर खाने मजदुर, विपन्न गरीव परिवारहरुलाइ यो चिसोमा समस्या परेको छ । चिसो बढेसँगै गरिब तथा विपन्न समुदायलाई लक्षित गर्दै न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
छ भने दिनुहोस छेन भने लेजानु होस भन्ने मुल नारासहित पावर अफ युथले भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकमा न्यानो लुगाहरु वितरण गरेको हो । कार्यक्रम अन्तर्गत बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न गरीव परिवारलाई ज्याकेट, पाईन्ट, कम्बल, स्वेटरलगायत न्यानो लुगा वितरण गरिएको आयोजकले जनाएको छ ।
चिसो मौसममा न्यानो लुगाको अभावले समस्या झेलिरहेका परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पावर आफ युथका अध्यक्ष प्रकृती भट्टले जानकारी दिनु भएको छ ।
साथै उहाँले यदी तपाईहरुको घरमा पुराना कपडाहरु रहेको छ भने उपलब्ध गराईदिन र आवस्यक्ता भएका हरुलाई आफुहरुले घरदैलोमा पुगेर उहाँहरुलाई दिने बताउनु भयो ।
यो चिसोमा धेरै जनाहरु कपडाको अभावमा कठयाङग्रिदो जाडोमा बस्न बाध्य रहेको भएर आफुहरुले यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
आगामी दिनहरुमा पनि कपडाहरु संकलन गरीरहेको र फेरी कपडाहरु वितरण गर्ने योजना रहेको र सबैले आफनो घरमा रहेका पुराना कपडाहरु दिएर सहयोग गरीदिन आग्रह गर्नुभयो ।
यसैगरी पावर अफ युथका कोषाध्यक्ष पंकज बोकटीले विगत केही दिनदेखी पुराना कपडाहरु संकलन गरेर आज मामा भान्जा चोकमा आवस्यक्ता भएका व्यक्तीहरुलाई कपडाहरु सहयोग गरिएको बताउनु भयो ।
उहाँले पनि पुराना कपडाहरु घरमा छन भने आफुहरुलाई उपलब्ध गराईदिन आग्रह गर्नुभयो । स्थानीय बासिन्दा जयबहादुर मिजारले यो चिसोमा युवाहरुले न्यानो लुगा सहयोग गरेको प्रती हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तो सहयोगले आफूहरूलाई चिसोमा न्यानो हुने र ठूलो राहत मिलेको भन्दै आयोजकप्रति अन्य क्षेत्रमा पनि आवस्यक्ता भएकाहरुलाई यो न्यानो कपडा वितरण गर्न आग्रह गर्नुभयो ।
ण
Comments are closed.