पावर अफ युथद्वारा ३० वटा डस्टबिनहरु सडक छेउमा स्थापना

महेन्द्रनगर । कञ्चनपुरमा रहेको युवाहरुको समुह पावर अफ युथले डस्टबिनहरु प्रयोगको लागी सडक छेउमा स्थापना गरेको छ । शनिवार जिल्ला प्रशासन कार्यालयको सडकदेखी महाकाली अस्पताल सम्म ३० वटा डस्टबिनहरु स्थापना गरीएको हो ।

युवाको एक्यवद्धता मार्फत् सुन्दर सहर एवं स्वच्छ समाजलाई प्रोत्साहन गर्ने हेतुले पावर अफ युथको “क्लिन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर” अभियान अन्तरगत प्रभु बैंक लिमिटेडको सिएसआर कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्व कार्यक्रममा रहेर उक्त डस्टबिनहरु स्थापना गरीएको पावर अफ युथका अध्यक्ष प्रकृती भट्टले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयदेखी महाकाली प्रादेशिक अस्पताल सम्म अहिले ३० वटा डस्टबिनहरु राखेको र आगामी दिनमा पनि बजार क्षेत्रमा डस्टबिन राख्ने योजना रहेको र सहयोगी दाताहरुले पनि साथ र सहयोग गरीदिन आग्रह गर्नु भयो ।

विगतदेखी सरसफाईको क्षेत्रमा काम गर्दै आईरहेको र विगतमा बसपार्क क्षेत्रमा पनि डस्टबीनहरु स्थापना गरेको भएपनि अहिले पनि बाटोमा हिँडनेहरुले उचित प्रयोग नगर्ने, सडकमा फोहर फाल्ने गरेको उहाँले बताउनु भयो ।

केही खानेकुरा खायो भने, सडकमा नै फाल्ने, डस्टबीनको प्रयोग नगर्ने बानी अहिले पनि रहेको भएर सबैलाई उहाँले फोहरहरुलाई डस्टबिनमा फालिदिन आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.