मौसमविद् भन्छन्– तत्काल पानी पर्ने छैन सम्भावना

महेन्द्रनगर । मौसमविद विनोद पोखरेलले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएका छन्। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटिरहेको छ।

काठमाडौंको त्रिभुवन विमानस्थल केन्द्रमा आज बिहान ५ः४५ बजे ३।४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। यो यस वर्षकै कम तापक्रम हो।

मौसमविद् पोखरेलले पछिल्लो समय मुलुकको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएका छन्। गत हप्तादेखि नै सक्रिय रहेको यो प्रणालीले वर्षा भने गराउन नसकेको उनले बताए।

तर तराईमा केही उघ्रिएको महसुस भएको उनले बताए। ‘नेपालमा गएको हप्ता पश्चिमी वायुले वर्षा त गराउन सकेन तर दुई दिनलाई भए पनि तराईले घाम देख्यो, धेरै ठाउँमा जाडो बढ्यो,’ उनले भने।

उनले वर्षाको सम्भावना अझै दुई साता नदेखिएको बताएका छन्। ‘वर्षाको सम्भावना अझै १३ दिन देखिँदैन। अबको १४ दिनमा भने राम्रै वर्षा हुने केही सम्भावना देखिन्छ।

तर त्यो अझै धेरै दिन बाँकी रहेकोले पक्का भने छैन,’ उनले भनेका छन्। उनले पनि जाडो भने अझै बढ्ने प्रक्षेपण गरेका छन्।

सम्बन्धित

Comments are closed.