कैलालीको गोदावरी–१ मा विद्यालय परिसरका ३२ वटा सालका रुख काटियो

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ चैतन्यपुरमा सालका रुख काटिएका छन्। भागेश्वर आधारभूत विद्यालय परिसरका ३२ वटा सालका रुख काटिएका हुन्।

विद्यालयका लागि जोखिम हुने ठहर गर्दै ती रुख काटिएको सब–डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ। जोखिम हुने ठकर गर्दै अनुमति लिएर नै रुख काटिएको वन अधिकृत कृष्ण बोहराले बताए।

स्थानीयले भने अनुमति नै नलिएर रुख काटिएको आशंका गरेका छन्।

वन कार्यालयले भने नाप–जाँच गरेर जोखिम ठहर भएका रुख विद्यमान कानुनकै अधिनमा रहेर काट्ने अनुमति दिएको दाबी गरेको छ।

सम्बन्धित

Comments are closed.