महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर र जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको संयुक्त सहकार्यमा कञ्चनपुरका विभिन्न दुर्घटना बढी हुने क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्डहरुको स्थापना गरीएको छ ।
जिल्लामा बढी दुर्घटना हुने क्षेत्रमा सवारी चालकहरुलाई सचेत गराउने उदेश्यले ५ वटा क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्डहरु राखिने भएका छन् ।
आईतवार वेदकोट नगर ७ सुडा नजिक जनचेतना मुलक होर्डिङ बोर्ड स्थापन गरीएको छ । मन्ञ अस्पतालको सहयोगमा उक्त होर्डिङ बोर्डहरु स्थापना गरीने मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले जानकारी दिनु भयो ।
आफनो सामाजिक उत्तरदायित्व कार्य अन्तरगत विगतमा पनि जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर संग समन्वयमा जेव्रा क्रसिङ, सरसफाई, लागुपदार्थ सेवन चेकजाँचलगायतका कार्य गरेको र अहिलेपनि जिल्लामा बढी दुर्घटना हुने क्षेत्रमा ५ वटा यस्तै जनचेतना मुलक बोर्डहरु स्थापन गरीने उहाँले बताउनु भयो ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले विगत तिन वर्षको तथ्याङ अनुसार जिल्लामा सबै भन्दा बढी दुर्घटना भएका क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्डहरु राखिने बताउनु भयो ।
साथै उहाँले बोर्डहरु सहयोग गरेको प्रती मन्त्र अस्पताललाई धन्यवाद पनि व्यक्त गर्नु भयो ।
Comments are closed.