कञ्चनपुरमा घाम लागेपछि जाडोबाट राहत

महेन्द्रनगर । गत तीनसातादेखि चलिरहेको शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको कञ्चनपुरमा आइतबार बिहानैबाट पारिलो घाम लाग्दा धेरैले चिसोबाट राहात महसुस गरेका छन् ।

शीतलहर, कुहिरो र हुस्सुका कारण अतिनै पिडित बनेका स्थानीयले धेरै दिनपछि घाम लागेपछि अतिनै राहत भएको प्रतिक्रिया दिएका हुन् ।

भीमदत्त नगरपालिका ४ मा व्यवसाय संचालन गरेका मनोज भट्टले विगत केही दिनदेखी लागेको बाक्लो हुस्सु र शितलहरबाट समस्या भईरहेको बेलामा आईतवार राम्रो घाम लागेको बताउनु भयो ।

यस पटक यति धेरै चिसो भएको जनाउँदै चिसोले गर्दा धेरैजना बिरामी परेको तथा जनजीवननै ठप्प भएको बेला आइतबार बिहानैबाट राम्रो घाम लाग्दा धेरैलाई राहात भएको उहाँले बताउनु भयो । े

विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई चिसोले अतिनै समस्यामा पारेको जनाउँदै अहिले घाम लाग्दा उनिहरूलाई बढी राहात मिलेको बताउनु भयो । भीमदत्त–११, का स्थानीय जिवन नेपालीले तीन साताजति घाम नलाग्दा चिसो र जाडोले अतिनै समस्या पारेको बेला घाम लागेपछि दैनिक काम गर्नेहरुलाई पनि सजिलो भएको बताउनु भयो ।

चिसोले जनजीवन प्रभावित बनाई रहेको बेलामा अहिले केही चलायमान बनेको बताउनु भयो । उहाँले घाम लागेपछि अधिकांशले लुगा धुनुका साथै नुहाउने काम पनि गरेको बताउनु भयो ।

वेदकोट–५ का निर्मला जोशीले धेरै दिनपछि आइतबार घाम लागेकोले लुगा धुने तथा बालबालिकालाई नुहाउने काम गरेको बताउँदै यस पटक धेरै वर्षपछि यति धेरै जाडो भएको बताउनु भयो ।

कञ्चनपुर र सो वरिपरि पारिलो घाम लागेकोले अहिले अधिकांश स्थानीयले घाम ताप्ने काम गरिरहेका छन् । उता, चिसोले गर्दा बिरामीहरू फेरि ठुलो सङ्ख्यामा बढेको विभिन्न अस्पताल तथा चिकित्सकहरूले जनाएका छन् ।

महाकाली अस्पताल कञ्चनपुरका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा . अर्जुन भट्टले चिसो अत्यधिक भएपछि पछिल्लो समय बालबालिका र वृद्धवृद्धाहरू बिरामी भएर अस्पताल आउने क्रम धेरै बढेको बताउनु भयो ।

उहाँले अस्पताल आउनेहरू मध्ये अधिकांशलाई ज्वरो, खोकी, कोल्ड डायरिया र निमोनिया भएको पाइएको जनाउँदै अझै जाडो केही दिन रहने हुँदा सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.