शुक्लाफाँटा आरक्ष पिडितले जिल्ला प्रशासन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बुझाए निवेदन पत्र

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पिडितहरुले जिल्ला प्रशासन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष मझगाँउलाई निवेदन पत्र बुझाएका छन् । उनिहरुले सर्वपक्षिय सर्वदलिय वैठक बोलाएर जग्गा पिडित परिवारहरुको समस्या समाधान गरी दिन भन्दै निवेदन पत्र बुझाएका हुन् ।

उक्त निवेदन पत्रमा जिल्लामा २०५८ साल देखी शुक्लाफाटा आरक्ष राष्ट्रिय निकुञ्ज कञ्चनपुर अन्दुतिका पिडित सङ्ख्या २ हजार ४ सय ७३ परिवारलाई बसोबासको लागि सट्टाभर्ना बाट पाउने जग्गा उपलब्ध नहुदा भुमिहीन भएर बस्नु परेको उल्लेख गरीएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पिडितका केन्द्रिय संयोजक कर्णबहादुर चन्दले बताए ।

यी पिडित परिवार आरक्षबाटै पिडीत भएका हुन, पाउनु पर्ने जग्गा नपाउदाको अवस्थामा शिक्षा रोजगार स्वास्थ्य बाट बञ्चित भई नेपालका नागरीक होइनन भन्ने आभास हुन गएको अवस्था रहेको सहसचिव कृष्ण भट्टले बताए । यी पिडित परिवारहरुले जग्गा उपलब्धको लागी संघर्ष गर्दा गर्दै जिवन बाच्न न मरणको दोषादमा पुगेका छन् ।

अहिले पनी जग्गा उपलब्ध गरी पाउ भनी शिविर समेत खडा गरि शिविरमा बसी रिले अनसन समेत गर्दै आइएको छ, यो अवस्थालाई मध्य नजर गरी भुमी सम्बन्धि ऐन २०२१ र राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ एवं वन ऐन २०७६ ले पनि यस्ता पिडित परिवारहरुको लागी व्यवस्था ऐनले गरेको छ

सो ऐन अनुसार यी पिडित परिवारहरुलाई जग्गा उपलब्ध गर्नको लागी आवश्यक सर्वदलिय एवं सर्वपक्षीय समेतको भेला सहमति गराई जग्गा पिडीत परिवारहरुलाई उपलब्ध गरी समस्या सामाधान गरी पाउन शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आरक्ष पिडित जिल्ला सङ्घर्ष समितीका केन्द्रिय संयोजकका हैसियतले यो निवेदन लेखि पेश गरेको संयोजक चन्दले बताए ।

सम्बन्धित

Comments are closed.