महेन्द्रनगर । कृषी ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा व्यवसायिक आलु खेती प्रविधी सम्बन्धी तालिम सम्पन्न भएको छ । बुधवार बेलाडाँडी गाउँपालिकामा रहेको शिद्धवैजनाथ बहुउदेश्यीय सहकारी संस्थाका पदाधिकारीहरु आलु किसानहरुलाई स्थानिय तह विषेश पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरीएको हो ।

आलु खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन बीउ आलु उत्पादन, बीउ प्रमाणीकरण र तालिम मार्फत उत्पादन क्षमता र आम्दानी दुवै बढाउनकबा लागी यो तालिमको आयोजना गरीएको कृषी ज्ञान केन्द्र कञ्चनपुरका कृषी प्रसारक अधिकृत हरी प्रशाद पनेरुले जानकारी दिनु भयो ।
बेलडाँडीमा आलुलाई पकेटको रुपमा विकास गरी लैजानका लागी विभिन्न कार्यक्रमहरु गरेको बताउनु भयो । साथै यो तालिमले आलुको क्षेत्रमा काम गर्नुहुने सबै किसानहरुलाई फाईदा पुग्ने र कम लगानीमा बढी नाफा निकाल्ने विषयमा पनि जानकारी दिइने बताउनु भयो ।
आधुनिक ब्यवस्थापन, बीउ प्रयोग, रोग–कीरा ब्यवस्थापन सम्बन्धी किसानहरूलाई आलु खेती प्रविधि तालिम दिएर आधुनिक तरिका, बजार व्यवस्थित गर्ने र उत्पादनलाई व्यवस्थित रुपमा अगाडि बढाउने ज्ञान तालिमले दिने बताउनु भयो ।
साथै यो तालिमले खेत चयनदेखि बीउ छनोट, भण्डारण, बजारीकरण सम्मका विषय समेटेको र कृषि तालिम प्राप्त किसानले बीउको छनोट सही गर्ने, रोग–कीरा नियन्त्रण, उत्पादन वृद्धि, लागत घटाउने, तथा बजार व्यवस्थापन जस्ता विषयमा दक्षता हासिल गर्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
साथै व्यवसायी दृष्टिले किसानलाई आलु खेतीलाई नाफामुखी व्यवसायमा परिणत गर्न मार्गदर्शन पनि गर्ने बताउनु भयो । आलुका लागि चाहिने प्राविधीक ज्ञान र अन्य विषयमा पनि छलफल गरेर बढी भन्दा बढी उत्पादन गर्ने विषयहरुमा पनि सहभागीहरुले ज्ञान पाउने बताउनु भयो ।
यो संगै अन्य विभिन्न तालिमहरु सहयोगहरु ज्ञान केन्द्रले गर्ने कार्यक्रमहरु रहेको भएर सबैले यो तालिमबाट सिकेका सिपहरु ज्ञानहरु आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।
यसैगरी बेलडाँडी ३ बैबाहका सहभागी रामप्रशाद चौधरीले आफुले आलुको बिउ छनौटदेखी जमिनको परिक्षण, माटो पयिरक्षण, आलु लगाउने तरकिा सिचाई विषादीको बारेमा जानकारी पाएको बताउनु भयो । कस्तो खालको बिउ यो क्षेत्रमा लगाउने ? कस्तो प्रकारको विषादी कसरी प्रयोग गर्ने ? लगायतको बारेमा जानकारी पाएको र यो तालिमबाट सिकेका विषय ज्ञानलाई आफनो जिवनमा लागुगर्ने बताउनु भयो ।
यसैगरी अर्का सहभागी बेलडाँडी २ सिंहपालकी सोनी मगरले विषादी औषधी के हो ? कसरी आलु लगाउदा कम लगानीमा बढी फाईदा लिन सकिन्छ भन्ने जानकारी पाएको बताउनु भयो ।
कुन समयमा गोडमेल गर्ने ? कती बेला सिचाई गर्ने भन्न विषयमा पनि जानकारी पाएको बताउनु भयो ।
Comments are closed.