पेसवानले दियो विद्यार्थीहरुलाई चिसोमा न्यानो कपडा

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था पेसवानले न्यानो कपडा वितरण गरेको छ । बुधवार दोधरा चादनी नगरपालिका वडा नम्वर १ मा रहेको २ वटा विद्यालय र २ मा एउटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरीएको छ ।

वडा नम्वर १ मा रहेको पुर्णागिरी आधारभुत विद्यालयमा ६२ जना, महाकाली आदर्श माध्यमिक विद्यालयमा ११७जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरीएको छ । यसैगरी, वार्ड नम्वर २ मा रहेको पुर्णा आधारभुत विद्यालयमा १२१ जनालाई न्यानो लुगा वितरण गरीएको हो । आज देखी सुरुवात गरीएको उक्त कार्यक्रम माघ ४ गते सम्म चल्ने भएको छ ।

दोधरा चाँदनीमा रहेका २२ वटा सामुदायिक विद्यालय र लालझाडीमा २ वटा समुदायिक विद्यालयमा न्यानो कपडाहरु वितरण गरीने पेसवान समितीका सदस्य दमन चन्दले जानकारी दिनु भयो ।

२ हजार ५ सय जना विद्यार्थीहरुलाई यो न्यानो लुगा वितरण हुने उहाँले बताउनु भयो । उक्त न्यानो लुगामा टयाक सुट, उनका टोपी गलबन्दी, मोजा, पञ्जाहरु रहेका छन् ।

सम्बन्धित

Comments are closed.