महाकाली मोडन स्कुल सिप ज्ञान र पृथक कार्यक्रम गर्नेमा अग्रणी स्थानमा

महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका ३ भाासी स्थित महाकाली मोडर्न पब्लिक स्कुलले जिल्लामै पहिलो पटक विद्यालयमा कृषी हाट बजारको आयोजना गरेको छ । जिल्लामा पहिलो पटक यस्तो प्रकारको भिन्न ज्ञानवद्र्धक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई केही न केही सिप, ज्ञान संग जोडेर विद्यार्थीहरूलाई व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले कृषी हाट बजारको आयोजना गरिएको हो ।

उक्त हाट बजारको कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरीप्रशाद पनेरुले अवलोकन गर्नुभएको छ । विद्यालयले कृषि शिक्षा प्रवद्र्धन, स्थानीय उत्पादनको महत्वबारे जानकारी गराउने तथा उद्यमशीलताको विकास गर्ने लक्ष्यका साथ उक्त हाट बजार सञ्चालन गरेको हो ।

हाट बजारमा विद्यार्थीहरूले आफैंले उत्पादन गरेका तरकारी, फलफूल, अचार, पहाडमा पाई जैविक खानेकुराहरु,लगायतका कृषी सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखेका थिए । विद्यार्थीहरूले उत्पादनदेखि बिक्रीसम्मको प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै बजार व्यवस्थापन, मूल्य निर्धारण र ग्राहकसँगको व्यवहारिक सीप सिक्ने अवसर पाएका छन् ।

उक्त हाट बजारको अवलोकन पश्चात कृषी ज्ञान केन्द्रका प्रमुख पनेरुले आफुले विद्यालयले यसरी कृषी हाट बजारको आयोजना गरेको पहिलो पटक देखेको बताउनु भयो ।

साथै उत्पादन गर्ने विषयमा उनिहरुले सुरक्षीत उत्पादन र आफनो सामानलाइ कसरी बेच्ने कसरी नाफा लिने भन्ने सिपको विकास विद्यार्थीहरुमा रहेको बताउनु भयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कृषी पेशाप्रति आकर्षित गर्नुका साथै आत्मनिर्भर बन्न प्रेरणा दिने बताउनु भयो ।

साथै अहिले देखी ने विद्यार्थीहरुको ज्ञान र आत्मनिर्भर बन्ने वातावरण पनि यसले बनाउने र बजारकिरण गर्दाको विषय पनि जानकारी हुने बताउनु भयो । विद्यालयका संस्थापक हर्कबहादुर धामीले विद्यालयले हरेक शुक्रवार विभिन्न ज्ञानवद्धृक कार्यक्रमहरु संचालन गर्दै आएको र आज पनि कृषीसंग जोडिएर उनिहरुलाइ सिप सिकाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

यसैगरी, संस्थापक प्रिन्सिपल दिजराज भट्टले कृषी हाट बजारले कक्षा कोठाभित्र सीमित ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने उदेश्यले आजको कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

यो मेलाको आयोजना भन्दा पूर्व विद्यार्थीहरुलाइ आ आफनो घरमा सबैले तरकारी उत्पादन गरेको हुनैपर्ने भने पश्चात सबैले आआफनो घरमा लगाएको तरकारीहरु अन्य सामानहरु ल्याएर बेच्न लागको बताउनु भयो ।

साथै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित

Comments are closed.