महेन्द्रनगर । डडेल्धुरामा नेपाली काँग्रेस निकट संगठनहरुले जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा घेराउ गरेका छन । निर्वाचन आयोगले पार्टी सभापति शेरवहादुर देउवालाई आधिकारिकता नदिएको कारण काँग्रेसको भातृ संगठन नेपाल तरुणदलको आयोजनामा आईतबार निर्वाचन कार्यालय घेराउ गरिएको तरुणदलका जिल्ला सभापति करन बोहराले वताए ।
साथै उनले भने माग संवोधन नभए मँगलबार देखि बृहत रुपमा आन्दोलनमा जाने कार्यक्रम रहेको छ । आईतबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनका कार्यक्रम गर्ने निर्णय बमोजिम निर्वाचन कार्यालय घेराउ गरिएको हो ।
नेपाल विद्यार्थी संघ शिक्षा क्याम्पस ईकाई प्रमुख दुर्गा भट्टले आयोगले गरेको निर्णय कदापि स्वीकार्य नहुने भन्दै देउवाले बैधानिकता नपाए सम्म आफुहरु आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जगत ऐरले बिदेशीको चलखेलमा थालिएको यो कमद मान्य नहुने भन्दै पटक–पटक यस जिल्लावाट चुनाव जित्दै आउनु भएका सभापति देउवा र सिंगो काँग्रेस प्रति अन्याय भएको वताए ।पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवा जित्दै आएका छन ।
डेल्धुरावाट ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९मा सम्पन्न निर्वाचनमा लगातार रुपमा चुनाव जित्दै आउनु भएको छ ।यस अवधिमा डडेल्धुरा लगाएत कैलाली र कञ्चनपुरवाट समेत उहाँ बिजयी भएका छन ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको बिशेष महाधिवेशनबाट आएको समुहलाई बैधानिकता दिएको र देउवालाई चुनाव लड्नबाट रोकेको भन्दै जिल्लामा व्यापक असन्तुष्टि बढिरहेको छ । निर्वाचन कार्यालयमा शुरक्षा व्यवस्था कडा पारिएको छ ।
Comments are closed.