मोर्निङ ग्लोरीले आयोजना गरेको जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा महेन्द्रनगर साधारण स्कुल प्रथम
महेन्द्रनगर । कञ्चनपुरमा रहेको मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा महेन्द्रनगर सेकेन्डरी स्कुल साधारणले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, कञ्चन ग्यालेक्सी बेलडाँडी द्धितिय, र चन्द्र सुर्य सेकेन्डरी स्कुल झलारी तृतिय भएको छ ।

प्रथम स्थान हासिल गर्ने महेन्द्रनगर सेकेन्डरी विद्यालयलाइ नगद २१ हजार प्रमाणपत्र, द्धितिय हुने कञ्चन ग्यालेक्सी विद्यालयलाई नगद ११ हजार प्रमाणपत्र र तृतिय हुने विद्यालय चन्द्र सुर्य सेकेन्डरी स्कुललाइ नगद ६ हजार प्रमाणपत्र प्रदान गरीएको छ ।

जिल्लामा रहेका सामुदायिक र संस्थागत गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा ३८ वटा विद्यालय दर्ता भएको मध्ये ३० वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको मोर्निङ ग्लोरी स्कुलका प्रिन्सिपल चुडामणी शर्माले जानकारी दिनु भयो ।
पहिलो राउन्डमा ३० विद्यालयबाट छनौट भएर दोस्रो राउन्डमा ९ वटा विद्यालय बिच प्रतिष्पर्धा भएको थियो । यो कार्यक्रम विगतदेखी विद्यालयले आयोजना गर्दै आएको र विद्यार्थीहरुको मानसिक, सोच्न सक्ने क्षमता, र ज्ञानको दायरा बढने भएकाले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई फाईदा पुग्ने उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख भरत गिरीले यस्ता कार्यक्रमहरु हारजितको लागी मात्रै नभएर विद्यार्थीहरुको ज्ञान,आत्मविस्वास बढने, साथै प्रस्तुती र उनिहरुलाई समयमै निर्णय गर्ने क्षमता पनि बढने बताउनु भयो ।
यस्ता कार्यक्रमले उनिहरुको व्यवहारीक ज्ञान, उनिहरुको जिवनमा पनि सफलता हुनमा राम्रो भुमिका रहने बताउनु भयो । शैक्षिक तथा ज्ञानमा आधारित कार्यक्रमले विद्यार्थीहरूको क्षमता पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चन्दले मोर्निङ ग्लोरीले विद्यार्थीहरुलाई उनिहरुको ज्ञान, क्षमता पहिचानका लागी विगतदेखी यो कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयो ।
Comments are closed.