महेन्द्रनगर । कञ्चनपुरको वेदकोटमा आयोजना गरीएको निशुल्क आँखा परिक्षण शिविरबाट ३ हजार ४७ जनाले सेवा लिएका छन । पौष २५ गतेदेखी सुरु भएको उक्त आँखा शिविर माघ ५ गते सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधीक सहयोगमा उक्त कार्यक्रमको अयोजना गरीएको थियो ।
पालिकामा रहेका १० वडामा ३ हजार ४७ जनाले सेवा पाए भने ४ सय ६ जनाको आँखाको सर्जरी गर्ने पत्ता लागेको छ । यसैगरी ८ सय २२ जनालाई चश्मा वितरण गरीएकोे छ ।
समापन कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रमुख तुलसी जोशीले आँखा जस्तो संवेदनशील अंगको स्वास्थ्य संरक्षणमा यस्ता निःशुल्क शिविरहरू अत्यन्तै आवश्यक र महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकहरू आँखासम्बन्धी समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता शिविरले समयमै रोग पहिचान र उपचारमा ठूलो सहयोग पुगेको बताउनुभयो ।
उप–प्रमुख तुलसीले आँखाको समस्या समयमै उपचार नगरेमा अन्धोपन जस्ता गम्भीर समस्या देखिन सक्ने भएकाले नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।
स्थानीय सरकार नागरिकको आधारभूत स्वास्थ्य सेवामा सधैं गम्भीर रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले सरकारी निकाय, स्वास्थ्य संस्था तथा सामाजिक संघ–संस्थाको सहकार्यबाट मात्र यस्ता प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालन सम्भव हुने धारणा राख्नुभयो ।
आगामी दिनमा पनि आँखा शिविरसँगै अन्य रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै उप–प्रमुख तुलसीले नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने स्वास्थ्यकर्मी, आयोजक संस्था, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो ।
उक्त शिविरबाट वार्ड १ मा २ सय ९८ ले सेवा लिएका छन् । भने, २५ जनाको आँखा सर्जरी गर्नुपर्ने, ७७ जनालाई चश्मा वितरण गरीएको छ । यसैगरी वडा २ मा ३ सय ८१ जनाले सेवा पाएका छन् ।
५५ जनाको आँखाको सर्जरी गर्नुपर्ने र ८८ जनालाई चश्मा वितरण गरीएको स्वास्थ्य शाखा प्रमुख पालले बताउनु भयो । वडा नम्वर ३ मा ३ सय ३६ जनाले सेवा लिएका छन भने, ६५ जनाको सर्जरी, र चश्मा ८३ जनालाई वितरण गरीएको छ । यसैगरी वडा नम्वर ४ मा २ सय ८१ जनाले सेवा लिएका छन भने, २५ जनाको सर्जरी र ८६ जनालाई चश्मा वितरण गरीएको छ ।
वडा नम्वर ५ मा २ सय ६१ जनाले सेवा लिएका छन् भने, ४२ जनाको सर्जरी र ६९ जनालाइ चश्मा वितरण गरीएको छ । वडा नम्वर ६ मा २ सय ४३ जनाले सेवा लिएका छन भने, ३१ जनाको सर्जरी र चश्मा १ सय २ जनालाई वितरण गरीएको छ ।
वडा नम्वर ७ मा ३ सय २६ जनाले सवा लिएका छन भने, ३३ जनाको सर्जरी, र चश्मा ८१ जनालाइ वितरण गरीएको छ । वडा नम्वर ८ मा २ सय ४९ जनाले सेवा लिएका छन भने, सर्जरी गर्ने ३३ जनाको र चश्मा ८८ जनालाई वितरण गरीएको छ ।
वडा नम्वर ९ मा ३ सय ५ जनाले सेवा लिएका छन भने, ४१ जनाको सर्जरी र ८९ जनालाइ चश्मा वितरण गरीएको छ । वडा नमवर १० मा ३ सय ६७ जनाले सेवा लिएका छन भने, सर्जरी ५६ जनाको गर्नुपर्ने र चश्मा ५९ जनालाई वितरण गरीएको छ ।
Comments are closed.