महेन्द्रनगर । आफ्ना छोराको पहिलो जन्मउत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै एक परिवारले वृद्धा आश्रममा सहयोग गरेको छ । भड्किलो भोज–भतेरको सट्टा समाजसेवामा केन्द्रित भएर जन्मदिन मनाउने उनीहरूको कदम स्थानीयस्तरमा प्रशंसनीय बनेको छ ।

भीमदत्त नगरपालिका १५ का हाल न्युजिल्याण्डमा रहनु भएका विकास र सुष्माको छोरा सुविकको पहिलो जन्मदिनको उपलक्ष्यमा वेदकोट नगरपालिका ८ मा रहेको वैजनाथ धाम तथा वृद्धाआश्रममा ब्लाङकेट, खाद्यन्न, फलफुलहरु सहयोग गरीएको हो ।
२० जना आमा बुवाहरुलाई ब्लाङकेट, रासनमा चामल दाल तेललगायत सहयोग गरीएको छ । पहिलो जन्मउत्सवको अवसरमा परिवारले वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री सहयोगस्वरूप प्रदान गरेको हो।
सहयोग प्राप्त गरेपछि आश्रममा रहेका वृद्ध–वृद्धाहरू खुसी देखिएका थिए । आफनो छोराको पहिलो जन्मदिनको उपलक्ष्यमा यो चिसोमा आमाबुवाहरुलाई राहत मिलोस भनेर नै यो सहयोग गरेको सुविकका बुवा विकासले बताउनु भयो ।
कार्यक्रममा परिवारका सदस्यहरूले “छोराको पहिलो जन्मदिनलाई केवल पारिवारिक खुसीमा सीमित नराखी समाजसँग बाँड्ने उद्देश्यले वृद्धा आश्रममा सहयोग गरिएको” बताएका छन्।
उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उहाँले आफनो खुसीयालीका दिनहरुमा वृद्धआमा बुवाहरुसंग रहेर मनाउँदा उहाँहरुलाई पनि खुसी मिल्ने भएकाले सबैले जन्मदिनलगायतलाई वृद्धआश्रममा गएर मनाईदिन आग्रह गर्नु भयो ।
Comments are closed.