जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा प्रथम अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२६ को आयोजना
महेन्द्रनगर । जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा प्रथम अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२६ को आयोजना गरेको छ । शनिवार र आईतवार गरी २ दिनसम्म उक्त प्रतियोगिता संचालन हुने आयोजकले जनाएका छन् ।
उक्त प्रतियोगितामा नेपाल, भारत, बंग्लादेशलगायतका टिमहरुको सहभागिता रहेको छ । शनिवार एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त प्रतियोगिताको उदघाटन समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको सभाध्यक्षमा जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष भोजराज भट्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वयमा समिती प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी मदन कोईराला,
कञ्चनपुर प्रहरी प्रमुख खडकबहादुर खत्री, र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहको विषेश उपश्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हंसी अभिषेक सिंहले यो च्याम्पियनशिपको आयोजना गर्नु आफनो सपना रहेको जुन आज पुरा भउको बताए ।
साथै अन्य वाहिर देशबाट आएका खेलाडीहरु, कोच, गुरुसबैलाई सम्मान प्रकट गर्दै अनुसासनमा रहेर आफनो खेलको प्रदर्शन गर्न आग्रह गर्नुभयो । प्रमुख अतिथी बोहराले खेलकुदले अनुशासन, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।े
यस्ता खेलले युवाहरुलाई शारीरिक रुपमा सक्षम बनाउनुका साथै मानसिक रुपमा अनुशासित र आत्मनिर्भर बनाउने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउँदै यसले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने धारणा राखे ।
यसैगरी, विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी कोईरालाले खेलकुदमार्फत राष्ट्रको पहिचान विश्वसामु उजागर हुने भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिए ।
उनले आगामी दिनमा पनि खेलकुद विकासका लागि स्थानीय तह तथा सरोकारवालाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा विभिन्न देशका खेलाडीहरुको सहभागिता रहेको छ भने च्याम्पियनशिपले कराँते खेलको प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष भट्टले बताए ।
Comments are closed.