महेन्द्रनगर । ईतिहास माथी ईतिहास रचेको जापान कराँते डो कोसिकाई सितोरियो संघ नेपालले फेरी अर्काे ईतिहास रच्न सफल भएको छ । कञ्चनपुरमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय कराते च्याम्पिएनशिपको उपाधी नेपाल ले हात पारेको छ ।जापान कराते डो कोशिकाइ सितोरियो संघ नेपाल को आयोजना रहेको उक्त प्रतियोगितामा नेपाल ले ५२ स्वर्ण पदकसहित उपाधी उचालेको हो ।
यसैगरी भारतले ४१ र बङ्लादेश ले ७ स्वर्ण पदक जितेर क्रमशः द्धितिय र तृतिय भएका छन् । जापान कराते डो कोशिकाइ सितोरियो संघ नेपालको आयोजना रहेको उक्त प्रतियोगितामा नेपाल, भारत र बङलादेशको सहभागीता रहेको थियो ।
विगतका दिनमा पनि आफना खेलाडीहरुले भारतमा आयोजना भएका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्न सफल भएको र अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पनि उत्कृष्ट भएर उपाधी जितेर अर्काे ईतिहास बनाउन सफल भएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।
साथै उहाँले यो खेल प्रतियोगितालाई सफल बनाउने खेलाडीहरु, कोच, गुरु, प्रमुख अतिथी, सभाध्यक्ष, विशिष्ट अतिथीहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै अन्य वाहिर देशबाट आएका खेलाडीहरु, कोच, गुरुसबैलाई सम्मान प्रकट गर्दै अनुसासनमा रहेर आफनो खेलको प्रदर्शन गरेको प्रती उच्च सम्मान रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी दुर्गादत्त बोहराले यो खेलले तिन राष्ट्र विचको सम्बन्ध, एकता भाईचारालाई अँझै मजबुत बनाएको बताउनुृ भयो ।
युवाहरुलाई शारीरिक रुपमा सक्षम बनाउनुका साथै मानसिक रुपमा अनुशासित र आत्मनिर्भर बनाउने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउँदै यसले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने धारणा राख्नु भयो ।
खेलमा हारजित नहुने तर अनुभव र ज्ञान, सिप, कलाको पनि सिकाई हुने भएकाले सबैले जितेको हार कसैको पनि नभएको उल्लेख गर्नु भयो ।
Comments are closed.