माइती नेपाल कञ्चनपुरका प्रमुख समाजसेवि महेस्वरी भट्ट सम्मानित

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरका प्रमुख समाजसेवि महेस्वरी भट्ट सम्मानित हुनु भएको छ । जापान कराते डो कोशिकाइ सितोरियो संघ नेपालले उहाँलाई सम्मान गरेको हो । संघको आयोजनामा भएको प्रथम अन्तराष्ट्रिय कराते च्याम्पिएनशिप प्रतियोगिताको अवसरमा उहाँलाइ सम्मान गरिएको हो ।

जिल्लामा रहेर विगत २ दशकदेखी नेपाल र भारतमा बेचिएका महिला दिदिबहिनीहरुको उद्धार गरेर रियल हिरोको रुपमा काम गरेको प्रती उच्च सम्मान गर्दै सम्मानित गरेको हो ।

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ निवासी श्री महेश्वरी भट्टज्यूले विगत लामो समयदेखि माइती नेपालमा रहेर जोखिम तथा शोषणमा रहेका महिला तथा बालबालिकाहरुको उद्धार गर्ने र महिला अधिकार, बाल संरक्षण तथा बाल अधिकार लैङ्गिक समानताको क्षेत्रमा सक्रिय हुनुका साथै समुदाय स्तरमा महिला सशक्तिकरण, हिंसा विरुद्ध सचेतना

तथा पीडित सहयोग कार्यक्रम संचालन गरी समाजलाई अमूल्य योगदान दिनु भएकोले यस जापान कराँते डो. कोशीकाई सितोरियो संघ सुदूरपश्चिम प्रदेश, नेपालले सम्मान गरेको उक्त सम्मानपत्रमा उल्लेख गरेको छ ।

सम्मान पश्चात भट्टले आफुलाई थप हौसला उर्जा र जिम्मेवारी आएको बताउनु भयो । साथै आफुलाई सम्मान गर्ने जापान कराते डो कोशिकाइ सितोरियो संघ नेपाल सुदूरपश्चिम प्रदेशलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.