महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आफनो ४३ औँ वर्ष र पाँचौ स्थापना दिवश भव्यताको साथमा मनाएको छ । बुधवार संघको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै ४३आँै वर्ष र पाँचौ स्थापना दिवश मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
उक्त स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरीएको थियो । उक्त कार्यक्रममा बोल्ने सहभागीहरुले उद्योग, व्यापार र व्यवसायलाई थप सुदृढ बनाउँदै स्थानीय अर्थतन्त्रको विकासमा संघ निरन्तर लाग्नु पर्ने लागिरहेको बताएका थिए ।
उनिहरुले व्यवसायीका समस्या समाधान, रोजगारी सिर्जना तथा निजी क्षेत्र र सरकारबीच सहकार्य बढाउन संघले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । कार्यक्रमले व्यवसायीबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान र संगठनात्मक एकतालाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष दिपेन्द्र प्रकाश सावदले संघ स्थापनादेखि नै उद्योग, व्यापार र व्यवसायको प्रवद्र्धनमा सक्रिय रहँदै आएको बताए ।
यसको नामाकरण हुनुपूर्व महेन्द्रनगर व्यापार संघ, महाकाली उद्योग वाणिज्य संघ र वि.सं २०३९ साल माघ १४ गते कञ्चनपुर उद्योग वाणिज्य संघको नामाकरण गरी जिल्ला प्रशासनमा दर्ता भएको बताए ।
सोही वर्ष कार्यकारी समितिको निर्वाचन भई प्रथम कार्य समिति स्थापना गरीएको बताए । उनले व्यवसायीका समस्या समाधान, लगानीमैत्री वातावरण सिर्जना तथा स्थानीय उत्पादनको बजारीकरणमा संघले निरन्तर पहल गरिरहेको उल्लेख गरे।
“संघले निजी क्षेत्र र सरकारबीच सेतुको भूमिका निर्वाह गर्दै व्यवसायीको हक–हित संरक्षणमा काम गरिरहेको छ,” कार्यवाहक अध्यक्ष सावदको भनाइ थियो । उद्योग र व्यापार क्षेत्र समृद्ध भए मात्र समग्र अर्थतन्त्र सुदृढ हुने भन्दै उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले स्थानीय उद्योगको संरक्षण, स्वरोजगार सिर्जना र युवालाई उद्यमशीलतामा आकर्षित गर्न संघको योगदान प्रशंसनीय रहेको उल्लेख गरे । “उद्योग वाणिज्य संघले व्यवसायीलाई संगठित गर्दै आर्थिक विकासमा टेवा पु¥याएको छ,”
Comments are closed.