अमिट कलेजकोे १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

महेन्द्रनगर । अमिट कलेजले आफना्े १६ वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ । कञ्चनपुरमा रहेको पोखरा विश्वविद्यालय बाट सम्वन्धन प्राप्त अमिटि कलेजले विहीवार आफ्नो १६ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न गरेको छ ।

कलेज परिसरमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। व्यवस्थापन संकायका लागी उत्कृष्ट कलेजको परिचय वनाएको कञ्चनपुरमा रहेकोे एमिटि कलेजले आफ्नो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको हो ।

विहिवार शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याउनु भएका त्रिभुवन विश्वविद्यालयका एसोसियट डा. महादेव विष्टको प्रमुख आतिथ्यता तथा कलेजका अध्यक्ष गोकुल देव भट्टको सभापतित्वमा १६ ओै. वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको हो ।

समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको यस कलेजले वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दे पत्रकार सुरेश धामकिो उपचारका लागी नगद २५ हजार र कैलालीमा रहेको मानव धर्म सेवालाई पनि नगद २५ हजार सहयोग गरीएको थियो ।

उक्त वार्षिक उत्सव समारोहमा कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल रविन्द्र अवस्थीले कलेज गतिविधिलाई चुस्त दुरुस्त वनाउन र विद्यार्थीहरुलाई विभिन्न स्कील सिकाउनका लागी विभिन्न क्लवहरु गठन गरिएको वताउदै उहाँले यस अमिटी कलेज बाट शिक्षा लिएका थुप्रै विद्यार्थीहरु प्राईभेट बैंक देखि राष्ट्र बैंक सम्म सेवा गरिरहेको समेत वताउनु भयो ।

उहाँले आज ४ बढी विद्यार्थीहरुलाई पनि सम्मान गरीएको बताउनु भयो । कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितीका अध्यक्ष भट्टले गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक ज्ञानमा अमिट कलेजले दिएको प्राथमिकताबारे जानकारी गराउँदै अभिभावक र विद्यार्थीको सहयोगले कलेज निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा विभिन्न प्रतिभा प्रदर्शनमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

लामो समयदेखि योगदान पुर्याउने शिक्षकहरु तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गएिको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

सम्बन्धित

Comments are closed.