वेदकोटमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि. खोप अभियान संचालन

महेन्द्रनगर । कञ्चनपुरमा रहेको वेदकोट नगरपालीकाले नियमीत खोपमा विद्यालय केन्द्रित खोप एचपिभी अभियान सम्बन्धी पालिका स्तरीय खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि. खोप अभियान सचालन गर्ने भएको छ ।

माघ २७ गतेदेखी फागुन १ गतेसम्म पालिका अन्तरगतका ४१ व्टा विद्यालय र १३ वटा स्वास्थ्य कार्यालयबाट खोप लगाईने भएको छ ।

उक्त खोप कक्षा ६ मा अध्ययनरत छात्राहरु विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु गतवर्ष छुटेका ७ देखी १० मा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखी १४ वर्षका किशोरीहरु लाई उक्त खोप लगाईने भएको छ ।

पालिकाले ५ सय ७७ जनालाई उक्त खोप लगाउने लक्ष्य लिएको छ । कक्षा ६मा अध्यनरत छात्रा संख्याः ५६९ जना विद्यालय नजाने ८ जना किशोरीहरुलाई उक्त खोप लगाइने भएको छ ।

सोमवारदेखी सम्बन्धित स्वास्थ्य संस्थाहरुले वडा स्तरीय अभिमुखीकरण, शिक्षक, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीहरु,लाई अभिमुखीकरण गर्ने भएका छन् ।

नगर प्रमुख एवं नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष भोजराज बोहराको अध्यक्षता रहेको थियो ।

यसैगरी नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु आमा समुहहरु, किशोरी समुहहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.