वेदकोट नगरपालिकामा वैकल्पिक चुलो वितरण

महेन्द्रनगर । वेदकोट नगरपालिकाले वैकल्पिक चुलो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र तथा हरित जलवायु कोष कोष र बेदकोट नगरपालिकाको त्रिपक्ष त्रिपक्षीय साझेदारीमा ५० घरधुरीलाई वैकल्पिक चुलो वितरण गरीएको हो ।

उक्त कार्यक्रममा नगर उपप्रमुख तुलसी जोशीज्यूको प्रमुख आतित्यता रहेको थियो भने, नगरपालिकाका नगर प्रवक्ता चित्रदेव भट्टको सभाध्यक्षतामा वैकल्पिक चुलो वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बेदकोट नगरपालिका वडा नम्बर ५ मा लाभग्राहीहरूको सहलगानीमा विद्युतीय चुलो वितरण गरीएको थियो । स्वच्छ चुलो कार्यक्रम र चुलो प्रयोग विधिको बारेमा कार्यक्रमका प्रतिनिधि ईश्वरी पन्तले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर उपप्रमुख जोशीले परम्परागत दाउरा÷घाँस चुलोको सट्टा विद्युतिय चुलोको प्रयोगबाट स्वच्छ, स्वस्थ र धुवाँरहित भान्साको प्रवद्र्धन गर्ने बताउन्ु भयो ।

पालिकाको महिलाहरूलाई घरमै सुरक्षित खाना पकाउने सुविधा र स्वास्थ्य जोखिम घटाउने प्रयास रहेको र जंगलमा निर्भरता घटाउने र वन्यजन्तु–मानिस द्वन्द्वलाई कम गर्ने उद्देश्य पनि रहेको बताउनु भयो ।

स्थानीय बासिन्दा माया शार्कीले वितरण गरिएको विद्युतिय चुलो प्रयोग गरेर खाना पकाउने खुसी व्यक्त गर्नुभयो ।

यस्तो कार्यक्रमले पारम्परिक इन्धन÷चुलोको प्रयोग घटाउने र स्वस्थ, वैकल्पिक ऊर्जा स्रोतप्रति स्थानीय समुदायलाई आकर्षित गर्ने लक्ष्य तर्फ एक कदम अघि बढाएको वेदकोट नगरपालिका ५ का अध्यक्ष चित्रदेव भट्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.