मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक पुरुषको मृत्यु

महेन्द्रनगर । भारतको पलियामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । सोमबार पलियाबाट नेपाल तर्फ आउँदै गर्दा भएको दुर्घटनामा शुक्लाफाँटा – २ का पुष्पराज भट्टको मृत्यु भएको हो ।
सुप प्र ०१००८ प ७४९७ नम्बरको मोटरसाइकल सवार भट्टलाई बसले ठक्कर दिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटनामा मृत्यु भएको सूचना प्राप्त भए पनि आधिकारिक जानकारी नआएको जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटोमा मृतकको टाउकोमा गहिरो चोट देखिएको छ । दुर्घटना जङ्गल क्षेत्रमा भएको बताइएको छ ।
भारतीय सञ्चार माध्यमले भने मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटना भएको जनाए पनि आधिकारिक श्रोत उल्लेख गरेका छैनन् । पलिया प्रहरीले उनको शव सामुदायिक स्वास्थ्य केन्द्र पलियामा राखिएको जनाएको छ ।

सम्बन्धित

Comments are closed.