महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १ मा आयोजना भएको मालापोते बनाउने तालिम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १ मा रहेका महिलाहरुलाई १ महिने माला पोते बनाउने तालिम पौष १३ गतेदेखी सुरुवात भएको थियो । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको अथक प्रयास र समन्वयमा विपन्न, गरिव, दलित महिलाहरुलाई उद्यमशील बनाउनका लागि यो १ महिने माला पोते बनाउने तालिमको आयोजना गरीएको हो । तालिमको मंगलवार एक औपचारिक कार्यक्रमका बिच समापन गरीएको छ ।

उक्त कार्यक्रमको सभाध्यक्षमा भीमदत्त नगरपालिका १ का कार्यवाहक अध्यक्ष कालुराम डगौरा रहनु भएको थियो भने प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो । यसैगरी ,योगदान राष्ट्रका लागीका पालिका अध्यक्ष ज्योत्सना विष्टलगायतको उपश्थिती रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लेखकले यो तालिमबाट सिकेको सिपलाई आफनो व्यवहारमा लागु गर्नुपर्ने र पाएको प्रमाणपत्रलाई सिरानीमा नथन्काउन आग्रह गर्नु भयो ।
महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने उदेश्यको साथमा यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने र यस्तै तालिमलाई तालिममा मात्र सिमित राख्न नहुने भन्दै जीवनस्तर सुधार्नका लागि आयमूलक काम गर्नु पर्नेमा उनले जोड दिनुभयो ।
यसले समृद्ध नगरपालिकासँगै महिलाहरुको आयआर्जनमा वृद्धि हुने श्रीङ्गारको रुपमा प्रयोग हुने चुरा, पोते, माला, औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
महिलाहरुले गरेको उत्पादन नगरपालिकाले बजारीकरण गरेर उपभाक्ताको हात हातमा पु¥याउने काममा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा १ का कार्यवाहक वडा अध्यक्ष डगौराले तालिमको आयोजना गरेर सहयोग गरेको प्रती आयोजकलाई उपप्रमुख लेखकलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।
योगदान राष्ट्रका लागीका पालिका अध्यक्ष ज्योत्सना विष्टले उपप्रमुख लेखकको अथक प्रयासले यो तालिम संचालन गर्न सक्षम भएको बताउनु भयो ।
साथै उहाँले व्यवसायिक तथा सिप विकास तालिम केन्द्र, कञ्चनपुर र वडा नम्वर १ लाई पनि धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.