सुदूरपश्चिममा शनिवार दुई सय २८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४

सुदूरपश्चिममा शनिवार दुई सय २८ जनामा कोरोना पुष्टि
महेन्द्रनगर, १३ असार
सुदूरपश्चिममा शनिवार दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिवार दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शनिवार बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८(८ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो ।उहाका अनुसार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
यस्तै कैलालीको धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा १३ महिला र १७ पुरुष गरि ३० जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार शनिवार थपिएका संक्रमितमा डोटीका ९ महिला र ४ पुरुष गरि १३ जना, कैलालीको लम्की चुहाका ३ महिला र ११ पुरुष गरि १४, त्यसैगरी कैलालीकै एक महिला र एक पुरुष गरि दुई जना र भजनीका एक पुरुष रहेका छन् ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ।यस्तै कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बाजुराका दुई सय २१, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका ६ जनाको ज्यान गइ सकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.