सनराईज पब्लिक स्कुलकोे १८औँ “विज्ञान तथा कला प्रदर्शनी” सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सनराईज पब्लिक स्कुलले आफनो १८औँ को “विज्ञान तथा कला प्रदर्शनी” (साइन्स एण्ड आर्ट एक्जीविसन) कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूमा सिर्जनशीलता, अनुसन्धान र वैज्ञानिक सोच विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले तयार पारेका विज्ञान तथा कला सम्बन्धी परियोजनाहरू प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा विज्ञानतर्फ सोलार सिस्टम, जलशुद्धीकरण, वातावरण संरक्षण, रोबोटिक्स, स्मार्ट सिटी मोडेल, ऊर्जा बचत, कृषि प्रविधि, स्वास्थ्य तथा सरसफाइ लगायतका विषयमा आधारित मोडेलहरू राखिएका थिए । यस्तै कला पक्षतर्फ चित्रकला, हस्तकला, पोस्टर, क्राफ्ट, सामग्रीबाट तयार गरिएका कलाकृतिहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए ।

कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै प्रशंसा गरेका थिए । विद्यालयले यस्तो प्रदर्शनीले विद्यार्थीहरूमा सीप, आत्मविश्वास, प्रस्तुति कला तथा समूहमा काम गर्ने क्षमता बढाउने विश्वास रहेको विद्यालय प्रशासन प्रमुख गंगा खरेल चालिसेले बताउनु भयो ।

विगत १८ वर्षदेखी निरन्तर विद्यालयले यो कार्यक्रमको आयोजना गर्दै आएको र अहिले पनि र आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा उजागर हुने खालका शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो ।

उहाँले “साइन्स एण्ड आर्ट एक्जीविसन विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र अनुसन्धान क्षमतालाई उजागर गर्ने उत्कृष्ट माध्यम रहेको बताउनु भयो ।

“साइन्स एण्ड आर्ट एक्जीविसनको अवलोकन गर्न आउनु भएका अभिभावक माया सावद रावतले यस्तो प्रदर्शनीले विद्यार्थीलाई पुस्तकको ज्ञानभन्दा बाहिर गएर व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने र विद्यार्थीहरूलाई आधुनिक प्रविधि, विज्ञान र कलामार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने रहेको बताउनु भयो ।

साथै विद्यालयले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता गर्नुपर्ने र थप नयाँ नयाँ विषयमा पनि काम गनरिनु पर्ने बताउनु भयो । विद्यार्थीले तयार गरेका प्रोजेक्टहरूमा निकै मेहनत र नयाँ सोच देखिन्छ ।

यसले विद्यालयको शैक्षिक गुणस्तरलाई अझ मजबुत बनाएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिइनेछ ।”

सम्बन्धित

Comments are closed.