जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधवार आफनै कार्यालयमा यातायात कार्यालय, सडक डिभिजन महेन्द्रनगर, यातायात प्रालीहरु, अटो व्यवसायीहरु, पत्रकारहरुको उपश्थितीमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रम नागरिकहरूले प्रत्यक्ष रूपमा आफ्ना चासो, सुझाव, गुनासो तथा प्रश्नहरू प्रस्तुत गरेका थिए । जसलाई कार्यक्रमका अधिकारीहरूले सुनेर समाधानका उपायहरूमा छलफल गरेका थिए ।

विषेश गरेर सवारी संचालकका कर्मचारीहरुले यात्रुहरुलाई तान्ने झोला खोस्ने गरेको समस्याहरु बढदै गएको, भारतिय नम्वर प्लेटका सवारी साधनहरु नेपालमा आएर जाने गरेको, लगायतको विषयमा छलफल भएको थियो ।

दुर्तगतीमा सवारी हाक्ने, लागुपदार्थ सेवन गरेर सवारी हाक्ने गरेको पनि फेला परेको सहभागीहरुले बताएका थिए । महाकाली यातायात प्रालीका अध्यक्ष डम्वर राज पन्तले सवारी साधन कती सडकमा गुडाउने कस्तो मापदण्डको सडक बनाउने भन्नेमा कसैको ध्यान नगएको तर दुख आम जनतालाई भएको बताउनु भयो ।

सौन्दर्यले भरीएको कञ्चनपुरमा यात्रु तानातान गर्ने समस्या बढेको र लागुओषध प्रयोग गरेर यात्रु तान्ने काम पनि बढेको बताउनु भयो ।

आफुले विगतका दिनमा पनि यो विषयमा सम्बन्धीत निकायमा जानकारी दिएको भएपनि कसैले पनि यस्को दिगो व्यवस्थापनमा ध्यान नदिएको बताउनु भयो ।

अहिले जती पनि दुर्घटना भएका छन टाफिक नियमको पालना नगरेर दुर्घटनाहरु बढदै गईरहेको बताउनु भयो । सर्वाजनिक सवारी साधनहरु भित्राउने मात्रै तर यसको उचित व्यवस्थापनमा कसैको ध्यान नगएर समस्या बढेको बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले आफुहरुले जिल्लामा रहेका विभिन्न समस्याहरुमा रहेर काम गरीरहेको बताउनु भयो ।

जिल्लामा अहिले सवारी साधन दुर्घटना न्युनिकरणका लागी सचेतना मुलक विभिन्न कार्यक्रमहरु गरेको र सवारी चालकहरुलाई १ मिनेट कार्यक्रम, लापसे सेवन गरेर सवारी चलाउनेलाई कारवाही गर्ने काम गरेको बताउनु भयो ।

जिल्लामा विगत ७ महिनामा ४ सय ७ दुर्घटनामा २३ जनाले आफनो ज्यान गुमाएका छन् ।

सम्बन्धित

Comments are closed.