कृष्णपुर नगरपालिकाको वडा नम्बर दुई शिल
महेन्द्रनगर, १३ असार
कंचनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर दुई शिल गरिएको छ । कोरोना संक्रमितहरुको संख्या बढेपछी उक्त वडा एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वडा कार्यालयमा वसेको सर्वदलिय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो । वडा कार्यालयलाई आइतबारदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिएको वडा अध्यक्ष जयनाराण जोशीले बताउनु भयो । कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै वाणी वजार लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष जोशीले बताउनु भयो । हाल वडा नम्बर २ मा कोरोना संक्रमितको संख्या १६ जना रहेको छ । संक्रमण थप फैलिन सक्ने भन्दै बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणका लागि शिल गर्ने निर्णय गरिएको उहाले बताउनु भयो ।
Comments are closed.