सनराईज पब्लिक स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको सनराईज पब्लिक स्कुलले आफ्नो ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, नाटक तथा विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति हेरेर अभिभावकहरू उत्साहित देखिएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालय प्रशासनले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले गरेको प्रगति बारे जानकारी गराएको थियो ।

कार्यक्रमको अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो । साथै विद्यालयले शिक्षक–शिक्षिका तथा सहयोगी कर्मचारीहरूको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको थियो ।

विद्यालयका भाईस प्रिन्सीपल पुरन कुमार चालिसेले हर्षाेल्लासका साथमा कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । साथै यो कार्यक्रममा विभिन्न विधार्थीहरुलाई सम्मान तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको सम्मानित व्यक्तीत्वहरुलाई पनि सम्मान गरेको उहाँले बताउनु भयो ।

साथै विद्यार्थीहरुले देशैभरको कला संस्कृती समेटने नृत्यहरु, रयाम्पक वाकहरु लगायतका कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता विकास गर्ने र उनिहरुलाई आगामी दिनमा पनि सहजता बनाउने आफुहरुले विस्वास लिएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी शिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. तिलमाया ढकाल खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सनराईज पब्लिक स्कुलले विगत ३२ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

विद्यालयले जिल्लामा उत्कृष्ट शिक्षा प्रदान गरेको प्रती उहाँले विद्यालय परिवार प्रती धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले शैक्षिक उन्नतिमा अभिभावकहरूको पनि महत्वपुर्ण भूमिका रहने भएकाले घरमा पनि आफना नानीबाबुहरुलाई समय दिएर उनिहरुको पढाईलाइ नजिकबाट हेर्नुपर्ने बताउनु भयो ।

उनले शिक्षा भनेको केवल किताबी ज्ञान मात्र नभई नैतिकता, अनुशासन, सीप र संस्कारको विकास समेत भएको बताउँदै यस्ता विद्यालयहरूले समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथिले अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको सहकार्यले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने भन्दै अभिभावकहरूलाई विद्यालयसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित

Comments are closed.