महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आफनो ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यतको साथमा सम्पन्न गरेको छ ।शुक्रबार सम्पन्न उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यता रहेको थियो भने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क सिंह धामिको सभापतित्व रहेको थियो ।

विद्यालयका शिक्षक महेश बिष्टले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिज राज भट्टले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा विभिन्न विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती, नाटकहरुका साथै विद्यालयले वर्षभरीमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप तथा परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोगटीले जिल्लामा आफनो फरक पहिचान बनाएर विद्यार्थीहरुको चौतर्फी विकासको लागी शिक्षा प्रदान गरीरहेको बताए ।

यो मात्रै एक विद्यालयले प्रत्येक शुक्रवार बुक फ्रि डेलाई अत्यधिक सफलता पूर्वक कुसलता पूर्वक काम गरीरहेको बताए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रपंक्तिमा रहेको भन्दै विद्यालयको प्रशंसा गरे । विद्यार्थीहरूलाई शारीरिक, नैतिक र बौद्धिक रूपमा सक्षम बनाउन शिक्षाको दिगो विकास तथा संस्कारयुक्त शिक्षा महाकाली मोडर्न पब्लिक स्कुलले विगतदेखी दिईरहेको बताए ।
विद्यालयले सांस्कृतिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप, तथा उत्कृष्ट विद्यार्थी र शिक्षकको सम्मान गरेर समग्र शिक्षालाई प्रोत्साहित गरेकोमा खुशी व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक दिजराज भट्टले २०४८ सालमा सञ्चालन भएको उक्त विद्यालयमा हाल १ हजार बढी विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेको बताए ।
साथै उनले विद्यालयले विद्यार्थी परिक्षामा पास मात्रै हैन समाजमा दक्ष जनशक्ती निर्माण गर्ने उद्धेश्य राखेको बताए । विद्यालयले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने र आत्मनिर्भर बनाउने उद्देश्यले मोडर्न फेस्ट, कृषी हाट बजार, विभिन्न सिपयुक्त कार्यक्रमहरु विद्यालयमा नै संचालन गरेको बताए ।
साथै यो वर्षदेखी उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने र आगामी वर्षदेखी नगद १५ हजारको छात्रवृत्तीहरु प्रदान गरीने बताए ।
Comments are closed.