महेन्द्रनगर । कञ्चनपुरका युवा चलचित्र निर्देशक रिकवेदले शिक्षामा आधारित चलचित्र निर्माण गर्ने भएका छन् । बाल शिक्षाको कठोर यथार्थ बोकेको एक सशक्त सामाजिक चलचित्र निर्माण प्रक्रियामा रहेको छ।
यो कथा एक त्यस्तो बालकको हो, जसले गरिबी, अभाव र सडकको अँध्यारोबीच आफ्नै शिक्षाको बाटो खोज्ने साहस गर्छ। जब राज्यको नजर सडक बालबालिकातर्फ पुग्दैन, तब उसले आफैं आफ्नो भविष्य लेख्ने निर्णय गर्ने कथामा रहेर चलचित्र निर्माण भईरहेको हो ।
यो चलचित्रले एउटा स्पष्ट प्रश्न उठाउँछ — के शिक्षाको अधिकार कागजमा मात्र सीमित छ ?शिक्षा केवल पढाइ होइन, यो आशा हो, आत्मसम्मान हो, र बाँच्ने कारण हो। यस चलचित्रका निर्देशक रिक वेद हुनुहुन्छ भने निर्माता ओबैद उद्दिन हुनुहुन्छ।
स्वतन्त्र नेपाली युवा फिल्मकर्मीहरूको यो पहल केवल चलचित्र होइन, यो आवाज हो, विरोध हो, र परिवर्तनको सुरुवात हो। सडकका सपनाहरू अब मौन रहने छैनन्।
Comments are closed.