महेन्द्रनगर । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी(हिमाली भू(भागमा आंशिक बादल लागेको हो ।
साथै बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, मंगलबार भने दिउँसो भने तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहने भएको हो।
देशका उच्च पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी(हिमाली भू(भागको केही स्थानमा हल्का वर्षा(हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, मंगलबार राति भने तराई भू(भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएको हो । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी(हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ ।
साथै बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो ।गण्डकी प्रदेशको उच्च पहाडी( हिमाली भू(भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Comments are closed.