महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ मा रहेको ईन्टरनेशनल पब्लिक स्कुलको बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका विच २९औँ बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्यताको साथमा सम्पन्न भएको हो ।

उक्त कार्याक्रमको प्रमुख अतिथीमा सुदुरपश्चिम विश्व विद्यालयका सेवा आयोग अध्यक्ष यज्ञराज भट्ट रहनु भएको थियो, यसैगरी कार्यक्रमको सभाध्यक्षमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज बस्नेत रहनु भएको थियो । यसैगरी, विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावकहरु लगायतको उपश्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत र विद्यालयबाट अध्ययन गरेर सविभिन्न प्रतिष्ठित क्षेत्रमा कार्यरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान पनि गरीएको थियो । विद्यार्थीहरुले राष्ट्रियताले ओतपोत रहेका गितमा आफनो विभिन्न साँगितिक प्रस्तुतीहरुको प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी भट्टले विद्यार्थीहरूलाई शारीरिक, नैतिक र बौद्धिक रूपमा सक्षम बनाउन शिक्षाको दिगो विकास तथा गुणस्तरिय शिक्षा अति नै आवस्यक रहेको बताए ।
साथै उनले विद्यालयको पढाईले मात्रै विद्यार्थीहरुलाई नपुग्ने आफनो घरमा पनि अभिभावकहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । घरमा पनि उनिहरुको गृहकार्य गर्नमा साथ दिने सहयोग गर्ने वानी भयो भनेपनि उनिहरुलाई सहजता हुने बताए ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले कार्यक्रम भव्यताको साथमा सम्पन्न भएको बताए । यसलाई भव्य र सभ्य बनाएर सम्पन्न गराउनु हुने अभिभावक, अतिथीहरु सबैलाइ धन्यवाद ज्ञापन गरे, उनले यो कार्यक्रमबाट विद्यार्थीहरुको सिप क्षमता दक्षता पनि झल्किने र उनिहरुलाई थप प्रोत्सहान मिल्ने बताए ।
उक्त विद्यालयमा अहिले नर्सरी देखी कक्षा १२ सम्मको अध्ययन भयृरहेको छ । १८ सय बढी विद्यार्थीहरुले अहिले अध्ययन गरीरहेका छन् । अतिथिहरुले शुभकामना मन्तव्य राख्दै निजी विद्यालय ईन्टरनेशलको शैक्षिक प्रगतिको प्रसंसा गरेका थिए ।
Comments are closed.