कञ्चनपुर(२ मा नेपाली कांग्रेसको चुनावी प्रचार तीव्र, ३० वटै वडामा घरदैलो अभियान

महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न नेता(कार्यकर्ता घरदैलो गरिरहेका हुन्।

कञ्चनपुर(२ अन्तर्गतका ३० वटै वडामा घरदैलो अभियान भइरहेको प्रतिनिधि सभा निर्वाचन मूल प्रचारप्रसार समितिका संयोजक लालबहादुर सिंहले बताए।

उनका अनुसार नेता(कार्यकर्ता प्रत्येक वडाका सबै घरहरुमा पुगेर मत मागिरहेका छन्। कांग्रेसले फागुन ४ गते एकसाथ ३० वटै वडामा घरदैलो अभियान सञ्चालन गरेको थिए।

घरदैलो कार्यक्रममा वडाभित्र रहेका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेश, नगर र टोलका पदाधिकारी एवं सदस्य, भातृ तथा शुभेच्छुक संघका पदाधिकारी र सदस्यहरू सहभागि छन्।

कञ्चनपुर(२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रकाश साउद एनपी छन्। समानुपातिकतर्फ उम्मेदवारद्वय तौला राना र कल्पना केसी छन्।

सम्बन्धित

Comments are closed.