महेन्द्रनगर। मानवीय सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय वि लभ यु फाउन्डेसन’ ले भिमदत्तमा भव्य रक्तदान कार्यक्रम गरेको छ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने मूल नाराका साथ फाउन्डेसनले बुधवार आफ्नो ८३७ औं विश्वव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो ।

भिमदत्त नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा फाउन्डेसनका सदस्य, उनीहरुका परिवार र स्थानीय गरी करिब १ सय ६० जना जति सहभागी थिए ।कार्यक्रममा, प्रमुख अथितीको रूपमा भिमदत्त नगरपालिका वडा नं ४ का वडाध्यक्ष सुशील कुमार भट्ट, विशिष्ट अथितीको रूपमा जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरिक्षक खडग बहादुर खत्री, कैलाली रेडक्रसका इन्चार्ज धरणी पन्थ, भिमदत्त नेपाल रेडक्रस सोसाइटी प्रमुख नरेन्द्र देव जोशी, कन्चनपुरका रत्तसंचार संयोजक सिद्दराज भट्ट, साथै अतिथीको रूपमा कैलाली रेडक्रसका कोइका भोलुन्टिएर जे सिक लि लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

मन्तव्यको क्रममा भिमदत्त जिल्ला प्रहरी उपरीक्षक खडग बहादुर खत्री ज्युले यहाँहरूले गर्नभएको यो कार्यमा प्राय युवाहरू सहभागी हुनुभएकोले यदि हाम्रो समाजमा यहाँहरू जस्तै असल कार्य गर्ने युवा जनशक्ति भएमा सायद प्रहरीको त्यति जरूरत नपर्ने कुरा व्यक्त गर्नुभयो र आगामी दिनहरूमा पनि भिमदत्त नगरपालिकाको सरसफाइ तथा विभिन्न मानव हित कार्यमा नेपाल प्रहरीले सधैँ सहकार्य जनाउने कुरा पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा प्रमुख अथिती हुनुभएका भिमदत्त वडा नं ४ का वडा अध्यक्ष सुशील कुमार भट्टज्यूले वि लभ यूद्रवारा गरिएको स्वगत एकदमै हृदयस्पर्षी साथै न्यानो प्रेम महसुस भएको कुरा व्यक्त गर्नुभयो। हिजोआज रगतको अभाब कति रहेछ भन्ने कुरा परेपछि बल्ल थाहा हुने कुरा बताउनु भयो।

रगतचाहिँ आफै बनाउन नसकिने तथा कुनै दबाइ खाएर बनाउन नसकिने भएकोले यसको एउटै विकल्प भनेकै रत्तदान गर्नु हो। यसका लागि हामीले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै आएकोले यस वि लभ यु फाउण्डेशनसँग पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्घाटन स्वरूप प्रमुख अतिथीद्वारा एक जना रक्तदाता सदस्यलाई ब्लड ब्याग हस्तान्तरण गर्नुभएर कार्यक्रमको उद्घाटन गरिएको थियो। रक्तदानको सम्पुर्ण कार्यक्रम समापन भएपछि सामूहिक रूपमा फोटो खिच्दै वि लभ यु फाउण्डेशनद्वारा गरिएको कार्यको कदर स्वरूप कन्चनपुरका रक्तसंन्चार संयोजक सिद्दराज भट्टज्युले प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागको साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ ।
‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ ९सन् २०२५ सम्म ।
अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरूको उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ ।
वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ ।
त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ ।
सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड(१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।
जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।
नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा(पत्र, इटहरीका मेयरबाट प्रशंसा(पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा(पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर(पत्र समेत प्राप्त गरेको छ ।
Comments are closed.